१६ असोज २०८३ , शुक्रबार

१६ असोज २०८३ , शुक्रबार
  • १६ असोज २०८३ , शुक्रबार
  • October 2 2026

कांग्रेस बागलुङ १ को सभापतिमा खडक थापा सर्वसम्मत


जनमञ्च संवाददाता
  • १६ असोज २०८३ , शुक्रबार

  • कांग्रेस बागलुङ १ को सभापतिमा खडक थापा सर्वसम्मत

    बागलुङ/नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं. १ को सभापतिमा खडक थापा सर्वसम्मत चयन भएका छ । तीन दिनदेखि जारी अधिवेशनले थापालाई सर्वसम्मत चयन गरेपनि केही पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिमा भने बिहिबार साँझदेखि मतदान चलिरहेको छ ।

    अधिवेशन क्षेत्रिय सचिवमा तेजप्रसाद शर्मा, सह–सचिव (महिला) मा पूर्णमाया सुनार र सह–सचिव (खुला) मा दुर्गाबहादुर बोहरा सर्वसम्मत चयन भएको मतदान अधिकृत शालिग्राम भट्टराईले जानकारी दिए ।

    सभापतिका अर्का प्रत्यासी नारायण प्रसाद श्रेष्ठले आफ्नो प्यानलबाट उम्मेदवारी दिएका सबै पदमा उम्मेदवारी फिर्ता लिएको बताएका छन् । श्रेष्ठले सहमतिको नाममा आफ्नो पक्षलाई उपेक्षा गरिएको भन्दै श्रेष्ठले बिहिबार विज्ञप्ती जारी गर्दै उम्मेदवारी फिर्ता लिएको र पार्टीलाई सघाउने प्रतिवद्वता जनाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend