१ मंसिर २०८३ , मंगलबार

१ मंसिर २०८३ , मंगलबार
  • १ मंसिर २०८३ , मंगलबार
  • November 17 2026

क्रिेकेटमा कास्की र नवलपुर विजयी


जनमञ्च संवाददाता
  • ३० कार्तिक २०८३ , सोमबार

  • क्रिेकेटमा कास्की र नवलपुर विजयी

    पोखरा/पोखरामा जारी गण्डकी प्रधानमन्त्री कप (पिएम) महिला टि २० छनोट प्रतियोगितामा कास्की जिल्ला र नवलपुर जिल्लाले जित हाँसिल गरेका छन् ।

    आइतबार पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको खेलमा कास्कीले बागलुङ र नवलपुरले पर्वतलाई हराएको हो । लिग चरणको दास्रो दिनको पहिलो खेलमा कास्कीले बागलुङलाई ८९ रनले हरायो ।

    १ सय ५० रनको विजय लक्ष्य पाएको बागुलङले २० ओभरमा ८ विकेट गुमाउँदै ६० रनमात्रै जोड्न सक्यो । बागलुङका लागि अनुजा सुनारले १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

    ओपनर सिम्रन घर्ती क्षेत्री ३, संरचना घिसिङ तामाङ १, राफिया कार्की २, कुसुम राई ४ रनमा आउट हुँदा सुप्रिया खड्का, हिरा घर्ति मगर र सुप्रिया घर्तिमगर शून्यमै पभेलियन फर्किए । संगिता विक ५ रनमा नटआउट रहिन् ।

    कास्कीका लागि सिमाना रेग्मीले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडनसहित १० रनमात्रै खर्चिइन् । यस्तै, सुशीला डिम्डुङ तामाङले २ विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४९ रन बनाउन सफल भएको थियो ।

    कास्कीका लागि चन्द्रमाया बरालले ३४ बलमा ४ चौका प्रहार गर्दै ४१ रनको योगदान दिइन् । ओपनर विनिदा सिग्देल ११ रनमा आउट भइन् । रानी कुँवर ५ र रेखा तामाङ १३ रनमा आउट भइन् । कप्तान सिर्जना पौडेलले २५ रन जोडिन् । सम्झना विक ५ रनमा रनआउट हुँदा सिमाना रेग्मी ४, सोनिमा थापा मगर शून्यमा पेभिलियन फर्किइन् । मेघा खड्का १ र यशोदा भुजेल ४ रनमा अविजित रहिन् ।

    बागलुङको लागि अनुजा सुनारले सर्वाधिक ३ विकेट लिइन् । उनले ४ ओभरमा ३१ रन खर्चिइन् । कप्तान संरचना घिसिङले २ तथा कुशुम राईले १ विकेट लिइन् ।

    दोस्रो खेलमा पर्वतमाथि नवलपुरले ३२ रनको जित हाँसिल गरेको छ । ७६ रनको विजयी लक्ष्य पाएको पर्वतले १३.१ ओभरमा ४३ रन बनाउँदै अल आउट हुन पुग्यो । पर्वतका लागि ओपनर दीपिका सापकोटा र सुशिला भट्टराईले समान १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्नै सकेनन् ।

    दीपिका र सुशीलाले समान १० बलमा समान १ चौका प्रहार गर्दै १० रन बनाए । एन्जल अधिकारी ४, योगिता केसी २, प्रतिभा खड्का २, कप्तान कृषा अखेली ३ रनमा आउट हुँदा जीविका क्षेत्री, जीविका परियार, विपिसा विक र अनुषा पौडेल शून्यमा आउट भए । जेनिसा शर्मा शून्यमा अविजित रहिन् ।

    नवलपुरका लागि निहारिका शर्माले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । कप्तान श्रेया शर्मा र शिक्षा गिरिले समान २÷२ तथा आयुष्मा चापागाईँले १ विकेट लिइन् ।

    त्यसअघि टस जितेर ब्याटिङ थालेको नवलपुरले २० ओभरमा ६ विकेट गुमाउँदै ७५ रन जोड्यो । ओपनर धनकुमारी क्षेत्रीले १२ रनको योगदान दिइन् । यस्तै, वर्षा विकले ४१ बलमा ४ चौका प्रहार गर्दै टोलीका लागि सर्वाधिक २५ रन जोडिन् ।

    आयुष्मा चापागाईँ २, कप्तान श्रेया शर्मा १, निहारिका शर्मा ३, निकिता कुवर ५ रनमा आउट भए । शिक्षा गिरी ७ र अनुष्मा तिमिल्सिना १ रनमा अविजित रहे । पर्वतका लागि दीपिका सापकोटाले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा ८ रन खर्चिइन् भने जीविका क्षेत्री र कप्तान कृषा कँडेलले समान १ विकेट लिएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend