१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

बडिगाडमा बस र जिप ठोकिंदा पाँच जना घाइते


जनमञ्च संवाददाता
  • १३ असार २०८२ , शुक्रबार

  • बडिगाडमा बस र जिप ठोकिंदा पाँच जना घाइते

    बागलुङ/पश्चिम बागलुङको बडिगाड गाँउपालिका वडा नं. ७ भिमगिठेमा बस र पिकअप जिप एकआपसमा ठोकिंदा पाँच जना घाइते भएका छन् ।
    विपरित दिशामा गुडिरहेका बस र पिकअप जिप एकआपसमा ठोकिंदा गलकोट नगरपालिका वडा नं. ८ का श्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाइते भएका छन् । उनीहरुको अनुहार र हातमा चोट लागेकोले स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको प्रहरीले जानकारी दिएको छ ।
    बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ८२८६ नम्बरको बस र गलकोटबाट बोबाङतर्फ जाँदै गरेको घ १ ज ४२० नम्बरको पिकअप जिप एक आपसमा ठोकिएका हुन् । प्रहरीले पिकअप चालक कृष्णबहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिएको छ । बसमा नौ र जिपमा सात जना सवार थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend