८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

लमजुङमा मध्य पहाडी र बेँसीसहर–चामे सडक राती बन्द


जनमञ्च संवाददाता
  • १६ असार २०८३ , मंगलबार

  • लमजुङमा मध्य पहाडी र बेँसीसहर–चामे सडक राती बन्द

    लमजुङ/ मनसुनजन्य विपद्को जोखिम बढेसंगै लमजुङस्थित पुष्पलाल (मध्य पहाडी) राजमार्गको सुन्दरबजार–भोर्लेटार सडक खण्ड र हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक मंगलबारदेखि रातको समय सवारी सञ्चालनमा रोक लगाइएको छ ।

    लमजुङ जिल्ला प्रशासन कार्यालयले यी २ वटा प्रमुख सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको हो । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार असार मसान्तसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधनलाई रातिको समयमा सञ्चालन गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले बताए । जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमान तथा बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति न्यूनीकरण गर्न रात्रीकालीन सडक यात्रामा रोक लगाएको उनको भनाई छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी गौतमद्वारा जारी सूचना अनुसार डुम्रे–बेंसीसहर–चामे सडकअन्तर्गत बेंसीसहरदेखि मनाङ सिमानासम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो । मध्य पहाडी राजमार्गको विमिरे भञ्ज्याङ क्षेत्रमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवतजावत रोक लगाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय लमजुङले रातिको समयमा यात्रा नगर्न र आवश्यक परेमा वैकल्पिक सडकमार्ग प्रयोग गर्न अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याएपछि बाढी र पहिरोको जोखिम बढेकाले रातको समय सवारी आवागमन बन्द गरेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend