८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मालिका मन्दिरको उद्घाटन


जनमञ्च संवाददाता
  • १० भाद्र २०८२ , मंगलबार

  • मालिका मन्दिरको उद्घाटन

    बागलुङ, १० भदौ-बागलुङ नगरपालिका वडा नंं ५, ६ र ७ को सिमानमा रहेको मालिका भगवती मन्दिरको पुननिर्माण गरिएको छ । हरितालिका तिजको अबसर पारेर पुननिर्माण भएको मालिका मन्दिरको मंगलबार उद्घाटन गरिएको छ ।
    बागलुङ नगरापलिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भब्य कार्यक्रमका बीच मन्दिरको उद्घाटन गरे । उनले मालिका मन्दिरलाई पुरातात्विक महत्वको बनाउन पहल गर्ने पनि बताए । उनले बागलुङलाई धार्मिक गन्तव्य बनाएर पर्यटक तान्ने अभियानमा मालिका मन्दिर अति आवस्यक र उत्तम स्थल भएको पनि बताए ।
    बागलुङ कालीका, पञ्चकोट, मालिका र बलेवा भैरव लगायतका स्थानलाई भक्तजनको आस्थाको केन्द्र र पर्यटकको गन्तव्य बनाउन सक्दा व्यवसायिक भविष्य पनि राम्रो बन्ने उनको भनाइ थियो । मालिकालाई सिमेन्टको नबनाइ ढुंगैढुंगाको बनाइएको छ । ढुंगा खोपेर बनाएकोले यो मन्दिर हजार वर्ष टिकाउन सकिने स्थानीयको धारणा छ । त्यसका लागि नगरप्रमुख श्रेष्ठले आवस्यक सुझाव दिंदा यो संभव भएको मन्दिर व्यवस्थापन समितिका महासचिव खेमराज सापकोटाले बताए ।
    किंवदन्ती अनुसार बागलुङ कालीका र मालिकालाई दिदीबहिनी भनेर सम्बोधन गरिन्छ । तसर्थ सडक यातायात सहज बनाउन सकेको खण्डमा मालिकामा पनि भक्तजन र धार्मिक पर्यटक पुग्ने स्थानीयको आस छ । कार्यक्रममा उच्च अदालत पाटनका न्याायधिस तेजेन्द्र प्रसाद सापकोटाले धार्मिक गन्तव्यमात्र नभइ मालिका सभ्यताको स्थल पनि भएकोले मन्दिर पुननिर्माणसँगै स्थानीयले मानव सभ्यताको खोजी र संरक्षण गर्नुपर्ने बताए । उनले आँटेको पुग्ने भएकोले मालिका पूजा गर्न धेरै टाढाबाट पनि आउने गरेको बताए ।
    वडा नं. ५ का अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता र स्थानीय हरिप्रसाद गौतमको संचालनमा सम्पन्न कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कावा अध्यक्ष मेघराज पाण्डेयले पुरातात्विक महत्वबारे प्रकाश पारेका थिए ।
    हरेक वर्ष तिजको अवसरमा मालिकामा मेला लाग्दै गरेकोमा यो पटक नयाँ मन्दिर उद्घाटन समेत राखिएपछि सयौं स्थानीय सहभागि थिए । आयोजकले पुरुष तथा महिला छेलो, भलिबल प्रतियोगिता कार्यक्रम राखेको छ । त्यस्तै धार्मिक प्रवचन लगायतको कार्यक्रम पनि राखिएको छ । मेला अझै दुइ दिन चल्ने आयोजकले बताएका छन् ।
    गण्डकी प्रदेश पर्यटन मन्त्रालयको ४६ लाख, रुपैयाँ अनुदान सहित स्थानीयले दानमुठी समेत संकलन गरेर १ कराड ९ लाख रुपैयाँमा मालिका मन्दिर सहित पाञ्चायन मन्दिर, सत्तल लगायतका संरचना बनाइएको महासचिव खेमराज सापकोटाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend