९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जीप दुर्घटना हुँदा ७ जना घाइते


जनमञ्च संवाददाता
  • १२ भाद्र २०८२ , बिहिबार

  • जीप दुर्घटना हुँदा ७ जना घाइते

    बागलुङ, १२ भदौ-सदरमुकाम बागलुङ बजारदेखि दक्षिण भेगको बरेङ गाउँपालिका जाँदै गरेको जीप बिहिबार साँझ ७ बजे जैमिनी नगरपालिका वडा नं. १० राङखानीको नाम्दुकमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

    दुर्घटनामा परी जीप चालक बरेङ गाउँपालिका वडा नं. १ का २० वर्षिय रवि थापा, सोही ठाउँका २१ वर्षिय सुस्मिता परियार, १९ वर्षिय विक्की परियार, ४० वर्षिय सेती परियार, ४० वर्षिय सुनिता परियार, १८ वर्षिय मोहन परियार र भरतपुर महानगरपालिका वडा नं. २६ का ५४ वर्षिय ज्योति मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्तजंग पाण्डेले जानकारी दिए । शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरुको अवस्था सामान्य रहेको प्रनाउ पाण्डेले बताए । ग १ ज ७४८० नम्बरको जीप घुम्ती मोड्ने क्रममा स्टेरिङ फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको प्रनानि पाण्डेले बताउनुभयो । घाइतेहरुको उद्वार गरी उपचारको लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाईएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बरेंङका प्रहरी निरीक्षक चन्द्रप्रसाद भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयबासीले घाइतेहरुको उद्वार गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend