९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जेनजी प्रदर्शनमा २० को मृत्यु, ७ जनाको परिचय खुल्यो


जनमञ्च संवाददाता
  • २३ भाद्र २०८२ , सोमबार

  • जेनजी प्रदर्शनमा २० को मृत्यु, ७ जनाको परिचय खुल्यो

    काठमाडौं /  देशभर भएको जेन जीको प्रदर्शनमा सरकारी दमनमा परेर २० जनाको ज्यान गएको छ। काठमाडौँमा मात्रै १८ जनाको ज्यान गएको छ। इटहरीमा २ जनाको ज्यान गएको छ ।

    जसमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जना निधन भएको अस्पताल प्रशासनले जनाएको छ। यीमध्ये ५ जनाको पहिचान भएको छ।

    ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

    गम्भीर घाइते अवस्थामा ल्याइएका उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो। मृतकमध्ये बाँकी तीनजनाको अझै सनाखत हुन सकेको छैन।

    यसैगरी, काठमाडौं मेडिकल कलेजमा मृत्यु भएकामध्ये शौरभ किशोर श्रेष्ठ र सुवास पोखरेलको पहिचान भएको छ।

    बाँकी १२ जनाको अझै सनाखत भइसकेको छैन। काठमाडौँका नयाँ बानेश्वरस्थित सिभिल, एभरेस्ट, सिनामंगलमा रहेको केएमसी अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल र ललितपुरको पाटन अस्पतालमा पनि घाइतेको उपचार जारी छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend