२३ असोज २०८३ , शुक्रबार

२३ असोज २०८३ , शुक्रबार
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

हतियार सहितको मोटरसाइकल गस्तीमा बागलुङ प्रहरी


जनमञ्च संवाददाता
  • २२ असोज २०८३ , बिहिबार

  • हतियार सहितको मोटरसाइकल गस्तीमा बागलुङ प्रहरी

    बागलुङ-जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएको छ । उक्त योजना अनुसार बुधवारदेखि सडकमा मोटरसाइकल गस्ती समेत शुरु गरेको छ ।
    चाडपर्व नजिक आएपछि कालो बजारी बढ्ने भएकोले आम नागरिकलाई सहायता गर्ने कामपनि सुरक्षा योजनामा जोडिएको छ । साथै चर्को भाडा तिर्नु पर्ने बाध्यतामा परेका यात्रुको गुनासो सुनुवाई गर्ने, संभावित सवारी दुर्घटना न्युनिकरण गर्ने काममा पनि सक्रियता बढाएको छ ।
    चाडपर्व लागेपछि अधिकांस ग्रामीण क्षेत्रमा जाने सवारीले क्षमता भन्दा बढी यात्रु राख्ने गर्छन् । साथै तोकेको भन्दा बढी भाडा लिएर यात्री मर्कामा पर्ने भएपछि त्यसलाई समेत निगरानी गर्न प्रहरीले सबै बजार क्षेत्र, ग्रामीण क्षेत्र र धार्मिक तथा सास्कृतिक महत्वका क्षेत्रमा पनि प्रहरी परिचालन गर्ने निर्णय गरेको प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईंले बताए ।
    पत्रकार सम्मेलन मार्फत प्रसाईले सुरक्षा योजनाको प्रभावकारिताकालागि यातायात व्यवसायी सँगको छलफल अगाडि बढाइ सकेको पनि जानकारी दिए । ‘हामीले पहिलो चरणमा यातायात व्वसायीसँग बसेर दशै लगायतका चाडपर्व लक्षित योजना र यात्रीलाई मर्कामा नपर्ने गरी यातायात संचालन गर्न भनेका छौं’ उनले भने, ‘तोकेको भन्दा बढी भाडा लिएको वा अन्य नियम उलंघन गर्नेलाई कारवाही गरिन्छ ।’ समस्यामा पर्ने जो कोही यात्रीले तत्काल प्रहरीमा खवर गर्न पनि उनले आग्रह गरेका छन् ।
    सुरक्षा योजना अन्र्तगत प्रहरीले कमाण्डपोष्ट, पिकेट डिउटी, पैदल गस्ती, मोटरसाइकल गस्ती, बजार अनुगमन, धार्मिक तथा पर्यटकीय क्षेत्र सुरक्षा तथा यात्रु सहायता कक्ष संचालन समेत गरिएको हो । मोटरसायकल गस्तीका प्रहरीले हतियार समेत बोक्ने भएकोले सुरक्षाको दृष्टीले बढी संवेदनशिल क्षेत्रमा समेत पुग्न सक्ने प्रसाईले बताए ।
    प्रहरीका अनुसार पिकेट डिउटीको रुपमा २७ स्थानमा समूह अन्र्तगत १ सय ३४ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै पैदल गस्तीपनि २७ स्थानमै संचालित छ । २५ स्थानमा मोटरसाइकल मार्फत प्रहरी परिचालन गरिएको छ । बागलुङको चार स्थानमा कालोबजारी नियन्त्रणकालागि टोली खटाइएको छ । बागलुङ कालीका मन्दिर सहितका धार्मिक स्थानमा बर्दी प्रहरी र सादा पोशाकका प्रहरी पनि खटाइएको हो ।
    राजमार्गमा हुने अवान्छित क्रियाकलपा रोक्न मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, मुख्य बजारका सडक लगायतमा नियमित ट्राफिक व्यवस्थापन गरिएको छ । बागलुङ बजारका ५१ स्थाना, गलकोटका ४४ स्थान र बुर्तिवाँका १२ स्थान गरी १ सय ७ स्थानमा सिसिटिभि मार्फत सुरक्षा निगरानी पनि गरिएको हो ।
    जिल्ला भित्रका धेरै सडकहरु स्तरीय बन्दै गएपनि यस अघिका कच्ची सडककै भाडा कायम भएकोमा अब सम्बन्धीत निकायको सहकार्यमा भाडा समायोजनकालागि पनि पहल गर्ने तयारी भएको हो । यस अघि जिल्लाको सुरक्षा बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पनि भाडा समायोजन बारे तयारी गरेको बताएका थिए ।
    कालीगण्डकीको बाढीले मालढुंगा पुलमा क्षति पुगेपछि लामो दुरीका सवारी साधन जैमिनी हुँदै यात्रा गर्दा दोब्बर भाडा लिने गरिएको गुनासो आएपछि प्रहरी र प्रशासनले निगरानी समेत बढाएको बताएका छन् । उक्त सडकबाट यात्रा गर्दा कुल लम्बाइको १४ किमी मात्रै बढी भएकोले सोही अनुसारको भाडा मात्रै लिन व्वसायीलाई आग्रह गरिएको छ । साथै सबै चालक र सहचालकलाई पालैपालो र डिउटी नभएको समय पारेर प्रशिक्षण दिने, यात्रीलाई गरिने व्यवहार सुधार गर्न पहल गर्ने तथा भाडाबारे पनि जानकारी गराउने काम शुरु भएको प्रहरी निरीक्षक चिरन्जिवी अधिकारीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend