१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

भागेका कैदीबन्दीलाई फर्कन प्रहरी प्रधान कार्यालयको अपिल


जनमञ्च संवाददाता
  • २६ भाद्र २०८२ , बिहिबार

  • भागेका कैदीबन्दीलाई फर्कन प्रहरी प्रधान कार्यालयको अपिल

    काठमाडौं / प्रहरी प्रधान कार्यालयले जेल तथा सुधार गृहबाट भागेका निस्किएका कैदीबन्दीलाई फर्किन अपिल गरेको छ । बिहीबार दिउँसो विज्ञप्ति जारी गरी प्रहरीले भागेका कैदीबन्दीलाई प्रहरी प्रशासनसँग सम्पर्क गर्न भनेको हो ।

    कारागारबाट भागेका कैदीबन्दी मध्ये १४५५ जनालाई सेना, प्रहरी र सशस्त्र प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ । यसमध्येकै केही आफैं सम्पर्कमा आएपनि अधिकांशलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए ।

    जेनजीको प्रदर्शनपश्चात मंगलबार र बुधबार गरी देशका विभिन्न कारागारमा रहेका १३ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend