८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बागलुङमा चाडपर्व लक्षित सुपथ पसल संचालनमा


जनमञ्च संवाददाता
  • ३१ भाद्र २०८२ , मंगलबार

  • बागलुङमा चाडपर्व लक्षित सुपथ पसल संचालनमा

    बागलुङ/नजिकिदै गरेका दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै सदरमुकाम बागलुङ बजारमा सुपथ मुल्य पसल संचालनमा ल्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लि. बागलुङले नागरिकलाई सहुलियत दरमा नुन, चिनी, खानेतेल लगायतका खाद्य पदार्थ उपलब्ध गराउने उदेश्यले बजारको उपल्लाचौरमा सुपथ मुल्य पसल संचालनमा ल्याएको हो ।

    सुपथ पसलबाट चिनी प्रतिकेजी ९५ रुपैयाँ, नुन प्रतिकेसी २४ रुपैया र शुद्ध तोरीको तेल प्रतिलिटर ३ सय ५५ रुपैयाँमा बिक्री गरिने साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका कार्यालय प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिए । चिनी एक जनालाई अधिकतम ६ केजी, नुन ५ केजी र तेलसम्म पाइने श्रेष्ठले बताए ।

    उनका अनुसार, बजार मुल्यभन्दा चिनीमा प्रतिकेजी १०, नुनमा २ र शुद्ध तोरीको तेलमा प्रतिलिटर ७० रुपैयाँ छुटको व्यवस्था छ । यो पसल कार्तिक १० गतेसम्म संचालन हुनेछ । पसल बिदाको दिनबाहेक बिहान १० बजेदेखि दिउँसो साढे ४ बजेसम्म संचालन हुने छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend