८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन


जनमञ्च संवाददाता
  • ७ असोज २०८२ , मंगलबार

  • चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिएकी छन्। मंगलबार आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएकी हुन्।

    ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, विश्वसनीय, मितव्ययी र सहभागितामूलक तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने जनशक्ति, बजेट लगायत सबै किसिमका सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार छ। निर्वाचनको तयारीका सम्पूर्ण कार्यहरू तदारुकताका साथ अघि बढाउन आयोग सक्रियताका साथ लागोस्,’ प्रधानमन्त्री कार्कीले भनिन्।
    तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने अन्तरिम सरकारको मूल जिम्मेवारी रहेको बताउँदै प्रधानमन्त्री कार्कीले सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएकी थिइन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend