१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

चुनावी सरकारको बाध्यता बुझिदिन प्रधानमन्त्री कार्कीको आग्रह


जनमञ्च संवाददाता
  • ९ असोज २०८२ , बिहिबार

  • चुनावी सरकारको बाध्यता बुझिदिन प्रधानमन्त्री कार्कीको आग्रह

    काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको वातावरण बनाउन आग्रह गरेका छन । जेनजी पुस्ताले मागिरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको सन्दर्भमा उनको यो भनाइ आएको हो । आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार चुनाव गराउने म्याण्डेडसहित गठन भएकाले संविधान संशोधन गर्न नसक्ने उल्लेख गरिन् ।

    आगामी प्रतिनिधिसभाको निर्वाचनमा उत्साहका साथ सहभागी भएर विवेकपूर्ण ढंगले मतदान गर्न पनि उनले अपील गरिन् । प्रधानमन्त्री कार्कीले जेनजी प्रदर्शनको क्रममा घटेको घटनामा दोषी देखिएका व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याइने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

    घटनाको छानविन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेर काम थालिएको जानकारी दिदै उनले दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पारिन । विभिन्न भ्रष्टाचारको काण्डमाथि अध्ययन र अनुसन्धान पनि शुरु भैसकेको प्रधानमन्त्रीको भनाइ छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा भेटिएको भनिएको पैसालाई लक्षित गर्दै भनिन्, ‘प्रदर्शनको क्रममा क्षति भएका र देखा परेका अवैध सम्पतिमाथि छानविन गर्न पनि सम्बद्ध निकायहरुसँग सरकारले छलफल गरिरहेको छ ।’

    सेवा प्रवाहमा कुनै कर्मचारीले रुखो व्यवहार गरे, घुस मागे वा विभिन्न बाहनाबाजीमा झन्झन सिर्जना गरे तत्काल सरकारले उपलब्ध गराएको नम्बरमा खबर गर्न पनि प्रधानमन्त्रीको आग्रह छ ।

    आउँदै गरेको विजयादशमीको शुभकामना दिदै उनले विगतमा भए गरेका आन्दोलनको उपलब्धिलाई रक्षा गर्दै उत्साहसाथ निर्वाचनमा भाग लिन दोहोर्याएर आग्रह गरिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend