८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मेरो हातमा केही पनि नरहेको थाहा पाएपछि राजीनामा दिएँ: ओली


जनमञ्च संवाददाता
  • ११ असोज २०८२ , शनिबार

  • मेरो हातमा केही पनि नरहेको थाहा पाएपछि राजीनामा दिएँ: ओली

    काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना हातमा केही पनि नरहेको थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।

    शनिबार भक्तपुरस्थित गुण्डुमा युवा संघले आयोजना गरेको दशैं विषेश कार्यक्रममा उनले २३ र २४ भदौको घटानाबारे जानकारी गराउँदै यस्तो बताएका हुन्।

    उनले २३ गते गोली कसरी चल्यो भन्नेमा आफू आश्चार्यमा रहेको बताएका छन्। ‘गोली कसरी चल्यो? गोली चल्ने तहमा कसरी पुग्यो मैले सोधेको छु’, उनले भने ‘पछि मैले सुने १४ जनाको निधन भइसक्यो।’

    उनले गोली प्रहरीले खुट्टा मुनी हान्नुपर्ने भए पनि टाउको र छातीमा ताकिताकि हानिएको भन्दै त्यसबाट पनि आफू आश्चार्यमा रहेको बताए। ‘मैले सुनेको छु टोउकोमा गोली लागेको छ। म सोच्दैछु यस्तो किन भइरहेको छ। कसरी रोक्न सकिन्छ यस कुरालाई मैले भन्दैछु’ उनले अगाडि भने ‘देशमा रक्तपात नहोस् भनेर म सोच्दैछु। जसले त्यो उप्रदो मच्चाउँछ त्यसले केपी ओली दोषी भन्ने। त्यस घटनाप्रति म स्तब्ध भएको हुँ।’

    भोलीपल्ट २४ भदौका दिनपनि अघिल्लो दिनजस्तो घटना नहोस भन्नेमा सचेत रहेको भए पनि त्यसो हुन नसकेको ओलीको दु:खेसो छ।  भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएपछि साढे ११ बजेतिर राजीनामा दिएको उनले बताए।

    यस्तै ओलीले सरकारको विभिन्न हल्ला सुनेको र पासपोर्ट रोक्ने कुरा पनि सुनेको भन्दै आफूलाई के ठानेको भन्दै प्रश्न गरे।

    ‘म सुनिरहेको छु सरकार विभिन्न प्रकारको हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने। के ठानेको छ ?’, सरकारलाई प्रश्न गरे ‘यो हाँहुको सरकारलाई देश जिम्मा लागाइदिएर हामी विदेश भाग्छौँ ? के सोच्या छ? हामीले यो देश बनाउनुपर्ने छ। फेरि पनि हामीले यो देशलाई संवैधानिक लोकतान्त्रिक मुलधारमा ल्याउँछौँ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend