९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै सरकारले दियो दुई दिन सार्वजनिक बिदा


जनमञ्च संवाददाता
  • १८ असोज २०८२ , शनिबार

  • भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै सरकारले दियो दुई दिन सार्वजनिक बिदा

    बागलुङ  / सरकारले विपदजन्य क्षति रोक्न आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै दुई दिन बिदा दिइएको जानकारी दिएको छ। विपद व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक अरू सबै बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

    ‘वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई मध्यनजरमा राखेर असोज १९ र २० गतेका दिन विपद व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ। यस अवधिमा काम नपरी बाहिर ननिस्किन अनुरोध गरेको छ। शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend