९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

वर्षाले झण्डै एक दर्जनको मृत्यु, सवारी आवागमन ठप्प


जनमञ्च संवाददाता
  • १८ असोज २०८२ , शनिबार

  • वर्षाले झण्डै एक दर्जनको मृत्यु, सवारी आवागमन ठप्प

    काठमाडौं/ गएरातिदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । देशभरको खोलानालामा पानीको बहाव बढ्दा धेरै धनजनको क्षति भइसकेको छ । पाँचथरको तमुरमा गाडी नदीमा खस्दा झण्डै ६ जनाको निधन भएको छ । उता, सिन्धुलीमा बोलेरो बगाउँदा तीन जनाको ज्यान गएको छ ।

    काठमाडौं उपत्यका छिर्ने सबै नाका बन्द गरिएको छ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डमा आधा दर्जन स्थानमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ । अन्य राजमार्ग पनि बन्द अवस्थामा छ । उपत्यकामै बाढीको ठूलो प्रकोप देखिएको प्रहरीहरु बताउँछन् ।

    मौसमविद्को आंकलनअनुसार तीन दिन निरन्तर पानी परेमा ठूलो विध्वंश हुने उनीहरुको भनाइ छ । गत वर्षको असोज १०, ११ र १२ गते पानी पर्दा उपत्यकासहित विभिन्न जिल्लामा धेरै क्षति भएको थियो । अहिलेको पानीले पनि वितण्डा मच्चाउने देखिएको छ । सरोकारवाला निकायले यात्रामा ननिस्किन र सुरक्षित ठाउँमा बस्न अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend