२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

गण्डकी प्रदेशसभा जलेपछि बोलाइएको बैठक सहकारी मन्त्रालयको हलमा


जनमञ्च संवाददाता
  • १९ असोज २०८२ , आइतबार

  • गण्डकी प्रदेशसभा जलेपछि बोलाइएको बैठक सहकारी मन्त्रालयको हलमा

    पोखरा / जेन-जी आन्दोलनको क्रममा गण्डकी प्रदेश सभाको सचिवालय, सभाहलसहित संरचना ध्वस्त भएपछि बोलाइएको गण्डकी संसद् बैठक मन्त्रालयको हलमा बस्ने भएको छ ।

    असोज २२ गते दिउँसो १ बजे पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बैठक बस्ने प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश सभा बैठक भदौ २५ गते दिउँसो १ बजे बोलाइएको थियो । भदौ २४ मा आन्दोलन चर्किएपछि भोलिपल्टको बैठक स्थगित गरिएको थियो ।

    सभामुख, उपसभामुख, प्रदेश सभा सचिवको टोलीले बैठक चलाउन मिल्ने वैकल्पिक ठाउँ खोजी गरेको थियो । सुरक्षा र प्राविधिक दृष्टिकोणले कृषि मन्त्रालयकै हल उपयुक्त भएको निष्कर्षपछि सभामुख कृष्णप्रसाद धितालले बैठक आह्वान गरेका हुन् ।

    सचिवालयमा दर्ता भएको गाँजालाई वैधानिकता दिनेसम्बन्धी विधेयकलाई सम्बन्धित समितिमा छलफलका लागि पठाएर बर्खे अधिवेशन अन्त्य गर्ने तयारी छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend