९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

महेश बस्नेतविरुद्ध शोभा पाठकको जाहेरीमा अदालतले दिएन पक्राउ अनुमति


जनमञ्च संवाददाता
  • २१ असोज २०८२ , मंगलबार

  • महेश बस्नेतविरुद्ध शोभा पाठकको जाहेरीमा अदालतले दिएन पक्राउ अनुमति

    काठमाडौं / काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतविरुद्ध शोभा पाठकको जाहेरीमा पक्राउ पुर्जी दिन अस्वीकार गरेको छ ।

    सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जती गरेको भन्दै पाठकले बस्नेतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा प्रहरीले पक्राउ अनुमति मागेकोमा मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बस्नेत आफैँले लेखेको हो होइन भन्ने एकीन गर्नुपर्ने भन्दै पक्राउ अनुमति नदिएको हो ।

    प्रहरीबाट पक्राउ अनुमति नपाएको जानकारी पाएपछि पाठकले अदालतभित्रै प्रवेश गरेर न्यायाधीशमाथि प्रश्न उठाएकी थिइन् । उनले प्रश्न उठाएपछि त्यसरी लेखिएको आईडी उनको हो वा होइन भन्ने एकीन गर्नुपर्ने भएकाले एकीनपछि मात्र पक्राउ अनुमति हुने बताएको पाठकले जानकारी दिइन् ।

    त्यसपछि आफूले न्यायाधीश र श्रेस्तेदारसँग झगडा गरेको उनले स्वीकार गरिन् । “उसले लाइभ गरेको छ, त्यही आइडी चलाइरहेको छ, त्यही आइडीबाट मेरो गाली बेइज्जत गरिरहेको छ भने किन आइडी एकिन गर्नुपर्‍यो,” उनले न्यायाधीशलाई भनेको भन्दै भनिन्, “तपाईंहरू शक्तिको आडमा कमजोरहरूलाई थप अन्यायमा पार्ने भनेर मैले झगडा गरे । त्यसपछि उहाँले प्रहरीलाई बोलाउनुस् पुर्जी जारी गरिदिन्छु भन्नुभयो ।”

    उनले आदेशअनुसार आइडी एकीन गर्न बस्नेतलाई ब्युरोले बुधबार बोलाएको जानकारी दिइन् । बस्नेतले भने आफूलाई फसाउने प्रयासलाई अदालतले साथ नदिएको भनेर सामाजिक सञ्जालमै खुसी प्रकट गरेका छन् ।

    ६ महिनाअघि लेखेको अमुर्त स्टाटसलाई आधार मानेर वर्तमान सरकारले फसाउने प्रयास गरेको भन्दै अदालतले न्याय मरेको छैन भन्ने प्रमाणित गरेको उनको दाबी छ । “यस अगाडि नै साइबर प्रहरीबाट तामेलीमा राख्ने प्रक्रियामा गैसकेको थियो । काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ,” बस्नेतले भनेका छन्, “जुन निर्णयले प्रमाणित गरेको छ कि न्याय मरेको छैन । अदालतप्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछु ।”

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend