बागलुङ/बागलुङ नगरपालिका-१ निरयघाटमा निर्माणधिन मानव सेवा आश्रमको भवन समपन्न गर्नका लागि महायज्ञ गरिने भएको छ । हाल त्यहाँ निर्माणधिन दानमुठी, बागलुङ नगरपालिकासहित जिल्लाका अन्य पालिका समेतको झण्डै ५ करोडको लगानीमा त्यो ठाउँमा निर्माधिन भवन ठडिएको छ । त्यही भवन निर्माण कार्यलाई पूर्णता दिन आगामी कात्तिक २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ संचालन गर्न लागिएको हो ।
यो भवनलाई पुरा गराउन थप ३ करोड रुपैयाँ आवश्यक पर्छ । यो भवन पुरा भएपछि यहाँ २ सय जनालाई राख्न सकिन्छ । मानव सेवा आश्रमले हाल बजारमा रहेको भवनमा ६६ जना आश्रितलाई राखेको छ । सडकमा अलपत्र भेटिएका, अपांगता भएका तथा परिवारबाट त्यागिएकालाई आश्रमले राख्ने गरेको छ ।
मासिक १० लाख खर्च गरेर आश्रममा ६६ जना राखिएको आश्रम संचालक बिपना तामाङले बताइन् । त्यती ठूलो खर्च भने आश्रमले दानमुठीको भरमा चलाएको हो । त्यो अवस्थाबाट मुक्ती पाउन आश्रमले आगामी कात्तिक २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ संचालन गर्दैछ । यो महायज्ञमार्फत १० करोडको अक्षय कोष बनाएर आश्रमलाई नियमित संचालनमा ल्याउने लक्ष्य छ ।