८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

जेनजी आन्दोलन क्षतिः २३ अर्ब २२ करोडको बिमा दाबी


जनमञ्च संवाददाता
  • २३ असोज २०८२ , बिहिबार

  • जेनजी आन्दोलन क्षतिः २३ अर्ब २२ करोडको बिमा दाबी

    काठमाडौं / जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकम सबै निर्जीवन बिमा कम्पनीमा गरी २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

    बुधबार (असोज २२ गते) सम्म १४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बिमा कम्पनीमा परेका कुल तीन हजार ९९ वटा बिमा दाबीको २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी रकम पुगेको हो । यस तथ्यांकलाई निर्जीवन बिमा कम्पनीहरूले नेपाल बिमा प्राधिकरणमा बुझाएका छन् ।

    निर्जीवन बिमा कम्पनीहरूमा परेका कुल दाबी रकममध्ये बुधबारसम्म अग्रिम भुक्तानीसमेत गरी एक अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ । निर्जीवन बिमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्म दुई हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी प्राधिकरणमा दिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend