९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

घाँटी रेटेर हत्यापछि टाउको बोकेर हत्यारा प्रहरी कार्यालयमा आत्मसमर्पण


जनमञ्च संवाददाता
  • २५ असोज २०८२ , शनिबार

  • घाँटी रेटेर हत्यापछि टाउको बोकेर हत्यारा प्रहरी कार्यालयमा आत्मसमर्पण

    बागलुङ / कैलालीमा एक युवकको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका-८ एक युवकको विभत्स रूपमा हत्यापछि संलग्न दुई जनाले घाँटी रेटिएको टाउको बोकेर प्रहरीमा आत्मसमर्पण गरेका छन्।

    गएराति खाजा खाने क्रममा विवाद हुँदा सुर्खेत चौकुने गाउँपालिका-३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटीे रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ । घोडाघोडीका १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री बुढाको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका हुन् ।

    हत्यामा संलग्नहरुले मदिरा सेवनपछि धारिलो हतियार प्रयोग गरेर घाँटी रेटिएको प्रहरीसमक्ष सकारेका छन् । प्रहरीले आवश्यक अनुसन्धान थालेको छ भने घटनास्थलबाट शव उठाइएको छैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend