८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

देवकुमार नेपालीविरुद्ध १ अर्ब ५८ करोडको विगो दावीसहित सम्पत्ति शुद्दिकरण मुद्दा दर्ता


जनमञ्च संवाददाता
  • २६ असोज २०८२ , आइतबार

  • देवकुमार नेपालीविरुद्ध १ अर्ब ५८ करोडको विगो दावीसहित सम्पत्ति शुद्दिकरण मुद्दा दर्ता

    बागलुङ / ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्दिकरण मुद्दा पनि दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले विहिवार उक्त नेपालीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

    उक्त मुद्दाको जाहेरी सरकारी वकिलको कार्यालयले वेवसाइटमा पनि प्रकाशित गरेको छ । सहकारी ठगी मुद्दामा एक बर्षदेखि कारागारमा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक देवकुमार नेपाली बिरुद्द अब अर्को मुद्दा लागेको हो । उक्त मुद्दा ठहर भएमा नेपालीको नाउँको सम्पत्ति राज्यको हुनेछ ।

    महान्यायाधिवक्ताको कार्यालय मार्फत सरकारी वकिलको कार्यालयमा एक बर्ष अघिनै उनको मुद्दा तयार थियो । राज्यतहबाटै दवावका कारण मुद्दा दर्ता हुन सकेको थिएन । साथै बचतकर्ताको रकम फिर्ता नपाउने खतरा बढ्ने डरले पनि यो मुद्दा दर्तामा सबैले रोक्ने प्रयास गरेका थिए । केही बचतकर्ताको रकम समेत फिर्ता भएको अबस्थामा नेपाली बिरुद्द सम्पत्ति शुद्दिकरण मुद्दा दायर भएको छ ।

    २०८१ जेठमा सरकारी वकिलको कार्यालयमा आइपुगेको उक्त मुद्दाको मिसिल अध्ययनपछि अदालतमा दर्ता भएको हो । नेपाली बिरुद्ध १ अर्ब ५८ करोड करोड रुपैयाँ बिगो मागदावी सहित शुद्दिकरण मुद्दा दर्ता भएको जिल्ला न्यायाधिवक्ता पुर्णप्रसाद उपाध्यायले जानकारी दिए । सहकारी ठगी मुद्दामा कारागारमा रहेका नेपालीले एकलाख रुपैयाा भन्दा कम बचतकर्ताको रकम फिर्ता गरिसकेका थिए । २०८० को बैसाखमा तरलता अभाव देखाएर सहकारी बन्द गरिएको थियो । २०८० कै जेठदेखि नेपाली फरार भएका थिए । भारतमा पक्राउ परेर नेपाल ल्याएपछि नेपालीलाइ जिल्ला अदालत बागलुङले पुर्पक्षकालागि कारागार पठाएको थियो ।

    नेपाली बिरुद्ध १ हजार ५ सय ४३ बचतकर्ताले रकम ठगी गरेको आरोपमा जाहेरी दिएपछि अदालते पुर्पक्षकालागि थुनामा पठाएको हो । नेपालीले बचतकर्ताको १ अर्ब ५८ करोड हिनामिना गरेको उल्लेख छ । त्यस बाहेक विभिन्न सहकारी संस्थाबाट ऋण लिएर नतिरेपछि उनको घरजग्गा लिलाम समेत भएको छ । राष्ट्रिय सहकारी बैंकले सदरमुकाम स्थित दुइवटा घर २२ करोड रुपैया“मा लिलाम गरिसकेको छ भने बुर्तिवाङ स्थित केही घरजग्गा अन्य बैंकले लिलामीको प्रकृयामा लगेका छन् । बचतकर्ताले भने अझै रकम फिर्ता नपाएको गुनासो गरिरहेका छन् ।

    उक्त मुद्दामा उक्त सहकारीका संचालकहरु लालमती रोका, चित्रबहादुर भण्डारी, डोरबहादुर परियार, फरार रहेका सुनिल नेपाली, कारागारमै रहेकी लक्ष्मी सेन, फरार रुपा बिक, फरार रहेका झगबहादुर शाही फरार रहेका अनिल नेपाली सहित १८ जनालाई बिपक्षी बनाइएको छ । सम्पत्ति शुद्दिकरण निवारण ऐन २०६४ को दफा १३ मा भएको व्यवस्था बमोजिम मुद्दा दर्ता गरिएको उल्लेख छ । मुद्दा दर्ताभएपछि नेपाली सहितका नाउँमा रहेको सबै सम्पत्ति रोक्का गरिएको छ । शुद्दिकरण ठहर भएमा उक्त सम्पत्ति राष्ट्रियकरण हुने प्रावधान छ ।

    नेपालीले आँफै पनि बचतकर्ताको रकम फिर्ता गर्छु भनेर सामाजिक संजालमा जानकारी दिंदा १९ वटा घर र ४५ कित्ता जग्गा रहेको बताएका थिए भने पोखरा, काठमाण्डौ, बागलुङ र बुर्तिवाङमा दर्जनौं घर र होटल रहेकोले उनको सम्पत्तिलाई सबैले अस्वभाविक पनि भनेका थिए । उक्त सम्पत्तिको वास्तविक श्रोत नभएपछि सम्पत्ति शुद्दिकरणको मुद्दा लागेको हो ।
    सहकारी ठगी मुद्दा लागिसकेकोले उनलाई शुद्दिकरण मुद्दा लगाउन सहज भएको हो । भ्रष्टाचार वा आर्थिक अनियमितता देखिने अन्य मुद्दा लागिसकेको व्यक्तिलाई मात्र सम्पत्ति शुद्दिकरण तथा मनिलाउण्ड्रङ मुद्दा लगाउन पाउने कानूनी प्रावधान समेत छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend