८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बिज्ञान शिक्षक छाडेर व्यवसायमा फर्केका बोहोराको पुप्प व्यवसाय


जनमञ्च संवाददाता
  • २६ असोज २०८२ , आइतबार

  • बिज्ञान शिक्षक छाडेर व्यवसायमा फर्केका बोहोराको पुप्प व्यवसाय

    बागलुङ / विगत एक दशकदेखि पुष्प व्यवसायमा रमाईरहेका बागलुङका एक युवाले यो बर्ष मात्रै ५ हजार फुलका विरुवा विक्री गरेका छन् । बागलुङ नगरपालिका–१ रामरेखाका राहुल बोहोराले भदौं यता मात्रै ५ हजार सयपत्री फूलका बिरुवा बिक्री गरेका हुन् । फुल्न थालेका फूलका बिरुवा घरमा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने प्रचलनलाई बोहोराले व्यवसायिक रुपमा अगाडि बढाएका छन् ।

    तिहारको मुखमा सयपत्री फूल खरिद गर्न भन्दा फूलको बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको संख्यामा वृद्धि भएकोले यो व्यवसायिक रुपमा अगाडि बढेको उनले बताए । पछिल्लो समय बागलुङमा फूलको भन्दा बिरुवाको व्यापार फष्टाएको छ । बजार क्षेत्रमा सयपत्री फूलको बिरुवा खरिद गरेर लैजाने प्रचलन बढेको छ । उनले रु. ४० मा माटो सहितको फूलको बिरुवा बिक्री गरीरहेका छन् ।

    ‘गत वर्ष सम्म फूलको मात्र बढी कारोबार हुन्थ्यो, तर यस पटक फूलको भन्दा बिरुवाको कारोबार बढी भयो, ५ हजार फूलका बिरुवा बिक्री गरिसके, अहिले माग धान्न नसकेर अन्य जिल्लामा उत्पादन भएको फूलको बिरुवा बिक्री गरिरहेको छु’, बोहोराले भने, ‘सयपत्री फूलको बिरुवा बिक्रीबाटै २ लाख आम्दानी भइसक्यो ।’ उनको नर्सरीमा विभिन्न जातका फूल तथा फलफूलका बिरुवा उत्पादन भइरहेका छन् ।

    भारतको नयाँ दिल्लीमा बिएसी बोट्नी विषयमा अध्ययन जन्मथलो फर्केर पुष्प व्यवसायमा लागेका उनले वर्षमा १५ लाख सम्म फूलको कारोबार हुने गरेको बताए । साविकको धौलागिरी अञ्चलमा व्यवसायीक पुष्प खेतिको अभाव रहेको र बजार विस्तारको राम्रो संभावना देखेपछि आफ्नै घरबाट थालेको पुष्प व्यवसायलाई साढे चार रोपनी क्षेत्रफलमा विस्तार गरेको बताए । मौसमी मात्रै नभएर बेमौसी फूलहरुको समेत उत्तिकै कारोबार हुने गरेको छ ।

    तीन वर्ष काठमाण्डौमा विज्ञान विषयको अध्यापन गराएका उनले त्यहाँ छाडेर पुष्प व्यवसायमा लागेको बताए । बोहोराको अनुसार नर्सरीमा अहिल तीन जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । पुष्प व्यवसाय भन्दा वित्तिकै तिहारमा मात्रै गरिने व्यवसायलाई सोचिने भएपनि आफूले बाह्रै महिना फूलको कारोबार गर्ने गरेको बताए । औसतमा मासिक १ लाख ५० हजारको कारोवार हुने गरेको छ ।

    उनको नर्सरीमा अहिले सयपत्री फूल, मौसमी, बहुवर्षीय र टिस्यु कल्चर गरिएका सजावटका फूलहरु रहेका छन् । यस्तै मेवा, आप, अम्बा, किबी, चेरी, एबोकाडो र आरुका उन्नत जातका विरुवाहरु समेत उत्पादन र बिक्री भइरहेको छ । उनको व्यवसाय बागलुङ सहित म्याग्दी, पर्वत, मुस्ताङका सरकारी कार्यालय सजावट, होटल तथा रिसोर्टमा फूल सजावट, दुबो व्यवस्थापन लगायतको काम भइरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend