बागलुङ /अन्तराष्ट्रिय बागलुङ समाजको आयोजना गरेको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधवारबाट शुरु भएको छ । उपल्लाचौर स्थित दावगरा बसपार्कमा भएको खेलको औपचारिक उद्घाटन बिहिवार हुने भएपनि खेल भने बुधवारदेखिनै शुरु भएको हो । समाजले पहिलो पटक जिल्ला भित्रको सर्वाधिक पुरस्कार राशी सहित खेल खेलाएको हो । पहिलो दिनको खेलमा बागलुङ नगरपालिकाले बिजयी शुरुवात गरेको छ ।
दशवटा पालिकाबीच लिगकम नकआउट पद्दतीमा खेलाइएको खेलको पहिलो दिन बुधवार बागलुङ नगरपालिकाले तमानखोला गाउँपालिकालाई ३–२ सेटमा पराजित गरेको हो । शुरुवाती दुइ खेलमा पछि परेको बागलुङले त्यस पछिका तीन खेल लगातार जित्न सफल भएको हो ।
खेलमा तमान बिरुद्द बागलुङले २०–२५, १८–२५, २५–२१, २५–१५ र १५–१३ ले जित निकालेको हो । हालै निर्माण भएर संचालनमा आएको बागलुङ बसपार्क रहेको उपल्लाचौर स्थित दाबगरामा यो खेल खेलाइएको हो । खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने अन्तराष्ट्रिय बागलुङ समाजका सचिव तथा खेलकुँदद समितिका संयोजक राजु थापाले बताए ।
खेलमा द्वितिय हुनेले १ लाख सहित ट्रफी र मेडल तथा तृतियलाई ५० हजार नगद पुरस्कार दिइने थापाले बताए । समाजले हरेक २ बर्षमा प्रतियोगिता गर्ने योजना बनाएको छ । बागलुङ नगरपालिका र जिल्ला भलिबल संघ तथा खेलकुँद बिकास समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो ।
बागलुङबाट संसारका विभिन्न देशमा पुगेका गैरआबासीयहरुको समाजले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी गर्दै आएका छन् । खेलमा उत्कृष्ट खेलाडीलाई १० हजार, बिधागत उत्कृष्ठलाई ५ हजारका दरले पुरस्कार दिइने छ भने सान्त्वना हुने टिमलाई २५ हजार नगदर पुरस्कार दिइने भएको हो । खेलमा दशवटै पालिका सहभागि छन्