८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सुनको मूल्य तोलाकै साढे दुई लाख माथि पुग्यो


जनमञ्च संवाददाता
  • ३० असोज २०८२ , बिहिबार

  • सुनको मूल्य तोलाकै साढे दुई लाख माथि पुग्यो

    काठमाडौं / सुनको मूल्य तोलाको अढाई लाख रुपैयाँभन्दा माथि पुगेको छ। आज तोलामा दुई हजार रुपेयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख ५० हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    विगत केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। गएको मंगलबार तोलामा आठ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलामा चारसय रुपैयाँ बढेर दुई लाख ४८ हजार नौसय रुपैयाँ थियो।

    यसअघि गएको सोमबार सुनको मूल्य तीन हजार रुपैयाँ बढेको थियो भने आइतबार तोलामा दुई हजार चारसय रुपैयाँ बढेको थियो। गएको मंसिर १० गते एकैदिनमा सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो।

    चाँदीको मूल्य भने आज घटेको छ। चाँदीको मूल्य आज तोलामा ६५ रुपैयाँ घटेर तीन हजार दुईसय ७५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको मूल्इ तीन हजार तीनसय ४० रुपैयाँ पुगेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend