८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

४ सय ६३ बालबालिकालाई खुवाइयो स्वर्णविन्दु प्राशन


जनमञ्च संवाददाता
  • ३० असोज २०८२ , बिहिबार

  • ४ सय ६३ बालबालिकालाई खुवाइयो स्वर्णविन्दु प्राशन

    बागलुङ / बागलुङमा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको छ । बुधबार बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न, उनिहरुको सर्वाङ्गिण विकासमा सहयोग पु¥याउन, शारिरीक तथा मानसिक विकासमा समेत प्रभावकारी हुने आर्युर्वेद औषधी ‘स्वर्णविन्दु प्राशन खुवाईएको हो ।

    धौलागिरी आयुर्वेद औषधालय बागलुङमा विहान ७ बजेदेखि सुरु गरिएको कार्यक्रम ४ बजेसम्म सञ्चालन भएको थियो । बागलुङमा पहिलोपटक सञ्चालन गरिएको कार्यक्रमबाट ४ सय ६३ बालबालिकाले स्वर्णविन्दु प्राशन खाएका छन् ।

    ‘स्वर्णविन्दु प्राशन कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय कार्यक्रम हो । पछिल्लो ४ वर्षदेखि दाङका बालबालिकलाई खुवाउँदै आएको भएपनि यसवर्ष २३ जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डाक्टर सरद पन्थीले जानकारी दिए । गण्डकी प्रदेशका बागलुङ र गडण्डकी आयुर्वेद औषधालय पोखरामा स्वर्णविन्दु प्राशन खुवाइएको छ ।

    स्वर्णविन्दु प्राशन आयुर्वेद ग्रन्थ अनुसार यो आयुर्वेद खोप पद्धती हो । यसले बच्चाको पाचन प्रणाली, मानसिक स्वास्थ तथा सोच्न सक्ने क्षमता अभिवृद्धि गर्न मद्धत गर्छ । धार्मिक ग्रन्थ अनुसार वृद्धि विकसको सूचक मानिने पुष्य नक्षत्रमा यो कार्यक्रम सञ्चालन गरिने डाक्टर पन्थले बताए । बाल बालिकालाई पुष्य नक्षत्रका दिनबाट स्वर्णविन्दु प्राशन सुरु गरेर हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने उहाँले बताए । आयुर्वेद शास्त्रअनुसार बिहानको समयमा खाली पेटमा ‘स्वर्ण प्राशन’ कम्तीमा ३० मात्रा खुवाउँदा हुन्छ । स्वर्ण भष्मलाई प्रशोधन गरि घ्यु र मह मिश्रण गरि बालबालिकालाई खुवाइन्छ ।

    धौलागिरी आयुर्वेद औषधालय बागलुङका सूचना अधिकारी डाक्टर कमल पौडेलका अनुसार ‘स्वर्णविन्दु प्राशन’ पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’मा वर्णन गरिएको परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार छ । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend