२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

खराब मौसमले जहाज धमाधम ‘डाइभर्ट’


जनमञ्च संवाददाता
  • १३ कार्तिक २०८२ , बिहिबार

  • खराब मौसमले जहाज धमाधम ‘डाइभर्ट’

    काडमाडौं / प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । बिहानदेखिको निरन्तर वर्षाले भिजिबिलिटी कम भएपछि आजका अधिकांश उडान स्थगित हुँदा केही जहाजलाई ‘डाइभर्ट’ गरिएको छ ।

    काठमाडौं आएको श्री एअरलाइन्सको फ्लाई नम्बर ७३२ भएको जहाज खराब मौसमका कारण पुनः विराटनगर फर्किएको छ । आकाशमा १ घण्टा ३८ मीनेट ‘होल्ड’ गरेपछि पनि अवतरण गर्न नसकेर जहाज पुनः विराटनगर फर्काइएको हो ।

    अन्तर्राष्ट्रियतर्फ आठ वटा जहाज ‘ड्राइभर्ट’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अपरेशन डिपार्टमेण्टका प्रमुख सन्तुष्टकुमार बस्नेतले बताए ।

    उनका अनुसार इण्डिगो, एअर इण्डिया, चाइना इस्टर्न, सिचुवानलगायतका फ्लाइट ‘ड्राइभर्ट’ गरिएको छ । उनले भने,‘डोमेस्टिक विवरण आइसकेको छैन । इन्टरनेशनलतर्फ आठ वटा फ्लाइट डाइभर्ट भएको छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend