८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बागलुङ बजारको सरसफाईमा जुटेका युवाले कालिकामा जोडे ‘फ्रि वाईफाई’


जनमञ्च संवाददाता
  • १३ कार्तिक २०८२ , बिहिबार

  • बागलुङ बजारको सरसफाईमा जुटेका युवाले कालिकामा जोडे ‘फ्रि वाईफाई’

    बागलुङ / बागलुङ बजारको सरसफाईमा जुटेका यहाँका दुई व्यवसायी युवाले बागलुङ कालिका मन्दिर र समिक्षालयचोकमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर सेवा दिन थालेका छन । उनीहरुले ब्यक्तिगत लगानीमा द्रुत गतीको इन्टरनेट सेवा दिन थालेका हुन् ।

    सगरमाथा कम्प्युटर हाउसका सञ्चालक नैबेद्य सिग्देल र सिर्जना फर्निचरका विराट हरिजनले व्यक्तिगत लगानीमा बागलुङ बजारमा निःशुल्क इन्टरनेटको व्यवस्था मिलाएका हुन् ।

    बागलुङ बजारका सडकका खाल्टाखुल्टी परेर सरसफाईमा सक्रिय रहेका यी युवाले बागलुङ बजारको तीन स्थानमा निःशुल्क इन्टरनेट राख्ने योजना अनुसार बागलुङ कालिका मन्दिर र समिक्षलय चोकमा पहिलो चरणमा निःशुल्क इन्टरनेट सेवा जडान गरेको जनाएका छन् । यो इन्टरनेट सुविधा एक सय मिटर वरपरको क्षेत्रमा निःशुल्क चल्नेछ ।

    व्यक्तिगत रुपमा बागलुङ बजारका अव्यवस्थित रुपमा देखिएको खाल्टा-खुल्टी सडक पुर्ने र ढलान गर्ने, सडक नाली सफा गर्ने कार्यमा सक्रिय उनीहरुले पहिलो चरणमा बागलुङ कालिका मन्दिर र समिक्षलय चोकमा निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरिएको बताए ।

    एक सय मिटर भन्दा टाढासम्म वाईफाई टिप्न सक्ने द्रुत गतिको इन्टरनेटको उपकरण जडान गरिएको नैबेद्य सिग्देलले बताए । कालिका मन्दिरमा आउने धार्मिक पर्यटकलाई र समिक्षलय चोक सहित विरेन्द्र ऐश्वर्य पार्कमा आउने नागरिकलाई लक्षित गरी यो इन्टरनेट सुविधा दिइएको उनको भनाई छ ।

    द्रुत गतिको एउटै इन्टरनेटको उपकरणलाई रु. ३७ हजार पर्ने उनले बताए । ‘दुर्गम गाउँमा निःशुल्क इन्टरनेट भइसक्यो, हाम्रो ठूलो शहरमा यो व्यवस्था थिएन, तीन वटा उपकरण खरिद गरेर ल्याएका छौं, दुई वटा जडान भइसक्यो, एउटा जडान गर्ने स्थानको खोजीमा छौं’ सिग्देलले भने ‘तीन वटा उपकरण मध्ये एउटा उपकरण अमेरिकाबाट साथीले खरिद गरेर पठाउनुभएको हो, दुई वटा आफै खरिद गरेका छौं ।’

    उनले अब बागलुङ बजारमा सडक बत्ती समेत जडान र मर्मत गर्ने लक्ष्य राखिएको बताए । समिक्षालय चोक र कालिका मन्दिरमा निःशुल्क इन्टरनेट सुचारु भइसकेको छ । स्थानीय सरकारको रुपमा रहेको बागलुङ नगरपालिकाले गर्न नसकेको काम स्थानीय युवाहरुले गर्न थालेको भन्दै यहाँका स्थानीयले यी दुई युवाको कामलाई प्रशंसा गरिरहेका छन ।

    बागलुङ कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले युवाहरुको कार्यको प्रशंसा गर्दै फ्रि वाईफाई सेवाबाट कालिका मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकले लाभ लिने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend