८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज २२औं बर्षमा, त्रिदिवसीय कार्यक्रम आयोजना


जनमञ्च संवाददाता
  • २४ कार्तिक २०८२ , सोमबार

  • धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज २२औं बर्षमा, त्रिदिवसीय कार्यक्रम आयोजना

    बागलुङ / धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज कात्तिक २७ गतेदेखि २२औं प्रवेशमा गर्दैछ । साविक धौलागिरिको पहिलो बिधुतीय सञ्चार माध्यम धौलागिरि एफएम बागलुङले तीन दिने कार्यक्रमसहित आफ्नो २१ औ बार्षिकोत्सव मनाउने भएको छ । धौलागिरीको आकाशमा पहिलो विधुतिय तरंगको रुपमा २०६१ साल कार्तिक २७ गतेबाट प्रसारण सुरु गरेको धौलागिरी एफएफले २१ बर्ष पुरा गरि २२ बर्ष प्रवेशको अवसरमा त्रिदिवसीय कार्यक्रम गर्न लागेको हो ।

    एफएम प्रा।लि।का अध्यक्ष हरिनारायण गौतमको अध्यक्षतामा सोमवार बसेको बैठकले कार्तिक २५, २६ र २७ गते बिभिन्न कार्यक्रम गरि २१ औ बार्षिकोत्सव मनाउने निर्णय गरेको एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले जानकारी दिए । उनका अनुसार पहिलो दिन कार्तिक २५ गते मानव सेवा आश्रमलाई सहयोग गर्ने, दोस्रो दिन कात्तिक २६ गते ‘रेडियोः बिगत, बर्तमान र भविश्य’ बिषयक अन्तरसंवाद कार्यक्रम गर्ने र तेस्रो दिन कात्तिक २७ गते सम्मान सहित मुल समारोह आयोजना गरिएको छ ।

    दोस्रो दिन कार्तिक २६ गतेको अन्तरसंवाद कार्यक्रममा बरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठले ‘रेडियोः बिगत, बर्तमान र भविश्य’ बिषयक कार्यपत्र प्रस्तुत गर्ने र गण्डकी प्रदेश रजिष्ट्रार बिमला भण्डारी प्रमुख बक्ताको रुपमा रहेको एफएमका सम्पादक तारा प्रसाद शर्माले बताए । धौलागिरी एफएमले स्थापना दिवसको अवसरमा हरेक बर्ष कला, साहित्य र सिर्जनातर्फ प्रतियोगितात्मक एवं रचनात्मक कार्यक्रम गर्दै आ्इरहेको छ । यो बर्ष पनि तीन दिने कार्यक्रम आयोजना गरिएको सम्पादक शर्माले बताए ।

    एफएमले विहान ५ बजेदेखि राती ११ बजेसम्म दैनिक १८ घण्टा समाचार, मनोरञ्जन, ज्ञान विज्ञान, वहस, छलफल, कृषी, शिक्षा, साहित्य सिर्जना, लोक संगित, रेडियो नाटक लगायतका कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ । एफएमको नाटक ‘बिम्ब दर्पण’ यसक्षेत्रकै चर्चित नाट्य श्रंखलाको रुपमा स्थापित छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend