८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

प्रधानमन्त्रीलाई ओलीले सोधे- दुर्गा प्रसाईंले निकालेको क्यासेट के हो ?


जनमञ्च संवाददाता
  • ६ मंसिर २०८२ , शनिबार

  • प्रधानमन्त्रीलाई ओलीले सोधे- दुर्गा प्रसाईंले निकालेको क्यासेट के हो ?

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै दुर्गा प्रसाईंले सार्वजनिक गरेको अडियो क्यासेटको छिनोफानो गर्न सरकारसँग माग गरेका छन्।

    शनिबार काठमाडौँमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै ओलीले भने, ‘दुर्गा प्रसाईं अरु के हुन्, म जान्दिनँ। तर उनले निकालेको क्यासेटबारे सरकारले नेपाली जनतालाई बताउनुपर्छ। प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ- त्यो क्यासेट के हो ?’

    ओलीले अडियोमार्फत सुनिएको आवाज प्रधानमन्त्री सुशीला कार्कीकै भएको दाबी गर्दै त्यसले गम्भीर प्रश्न उठाएको बताए। उनका अनुसार अडियोमा, ‘हेलिकप्टर उडेपछि सेनाले नेताहरूलाई बचायो,  किन बचाउने ?’ भन्ने आवाज पूर्वप्रधानन्यायाधीश तथा हालकी प्रधानमन्त्री कार्कीको हो।

    ओलीले भने, ‘देशको प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्ता कुरा किन बाहिर आयो भनेर मान्छे गिरफ्तार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनुपर्‍यो। देश जलेको बेला कहाँ बस्दै हुनुहुन्थ्यो ? तपाईं नेताहरू किन बचाउने भन्दै हुनुहुन्थ्यो ? त्यो त मान्छे मराउन दिनुपर्ने जस्तो अभिव्यक्ति हो।’

    ओलीले कार्कीलाई कठोर शब्दमा आलोचना गर्दै भने, ‘कस्ता-कस्ता मान्छे यस देशमा प्रधानन्यायाधीश भएछन्। ‘किन बचाउने ?’ भन्ने नेतामाथि प्रधानमन्त्रीको जिम्मेवारी आएको छ( कठै देशको हालत।’

    उनले प्रधानमन्त्री कार्कीलाई क्यासेटबारे सार्वजनिक रूपमा जवाफ दिन माग गर्दै भने, ‘त्यही मान्छे आज प्रधानमन्त्री बन्नुभएको छ। यसको जवाफ दिनुपर्छ, त्यो क्यासेट के हो- जनतालाई बताइदिनुपर्छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend