काठमाडौं/संसद् पुनःस्थापनाको माग गरिरहेको नेकपा एमाले पनि निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार यो सँगै फागुन २१ को निर्वाचनका लागि दर्ता हुने दलको संख्या ६५ पुगेको छ।
आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ। आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएका छन्।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आगामी निर्वाचनमा एमाले सहभागी हुने बताएका थिए। ओलीले एमाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै निर्वाचनमा सहभागी हुने बताएका हुन्।