९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमाले बागलुङ-२ बाट ४ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत


जनमञ्च संवाददाता
  • ११ मंसिर २०८२ , बिहिबार

  • एमाले बागलुङ-२ बाट ४ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत

    बागलुङ / आगामी मंसिर २७- २९ सम्म हुन गइरहेको नेकपा एमालेको ११औं महाधिवेशनका लागि बागलुङ संघिय निर्वाचन क्षेत्र नं. २ वाट ४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् । आज समपन्न संघिय निर्वाचन समितिको बैठकमा त्यस क्षेत्रबाट भाग लिने ४ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत रुपमा चयन भएको एमाले श्रोतले बताएको छ ।
    महाधिवेशनका लागि खुलातर्फको २ जनामा सुनिल शेरचन (भीमप्रसाद) र टंक पौडेल, महिलातर्फको १ जनामा करमती पुन र युवातर्फको १ जनामा दान बहादुर श्रीस महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । सर्वसम्मत रुपमा चयन भएको महाधिवेशन प्रतिनिधीको औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।
    निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ ले बिहिवार ग्वालीचौरमा आयोजना गरेको बैठकमा १३ जनाले दावी प्रस्तुत गरेका थिए । दावी प्रस्तुत गरेकाहरुबीचको छलफलपछि ४ जना सर्वसम्मत भएका हुन ।

    यता, बागलुङ निर्वाचन क्षेत्र नं. १ मा ६ जना महाधिवेशनका प्रतिनिधिका लागि दावी गरेका ३९ जना उम्मेदवारका विचमा सर्वसम्मतका लागि छलफल भएपनि बिहिवार साँझसम्म सर्वसम्मत हुन सकेको छैन । शुक्रवार विहान केन्द्रिय नेताहरु सहित उम्मेदवारहरुका विचमा छलफल हुने र सर्वसम्मत नभएमा शनिवार मतदान गरिने कार्यक्रम रहेको निर्वाचन क्षेत्र नं. १ का संयोजक धन वहादुर परियारले बताए ।

    बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ ३ जना, महिला तर्फ २ र युवातर्फ १ जना महाधिवेशन प्रतिनिधि छनौट हुदैछन । खुलातर्फ मात्रै २२ जनाको दावी परेको हो । निर्वाचन क्षेृत्र नम्बर एकबाट पार्टी जिल्ला अध्यक्ष हिराबहादुर केसी, कृष्ण पाठक, हरिनारायण गौतम, लिला राना, गणेश थापा, धुर्व केसी, अमर थापा, हिमाल शर्मा, भुपेन्द्र खड्का, जनक पौडेल, शिव सापक‍ोटा, भरत पुरीबाट महाधिवेशन प्रतिनिधिका लागि दावी परेको छ । यसैगरी दावी गर्ने अन्यमा टेकनारायण पौडेल, नर बहादुर थापा, रामकृष्ण शर्मा, बाबुलाल शाक्य, नवराज पौडेल, रुद्र ब. केसी, लाल ब. थापा, खिमराज सापकोटा, संजय श्रेष्ठ र डिलबहादुर कार्की रहेका छन् ।

    यसैगरी २ जना महिलाको लागि ७ जनाले दावी गरेका छन् । दावी गर्नेमा गीता शर्मा, ममतादेवी शर्मा, कालिका सापकोटा, सरस्वती खड्का परियार, हुमा कुमारी जिसी अन्जु, चित्रा श्रीस र हुमादेवी खड्का रहेका छन् । एक जना युवाकका लागि १० जनाले दावी गरेका छन् । युवातर्फ दावी गर्नेमा राजु गौतम, शिव शर्मा, प्रेम केसी, सिर्जना पन्त, संजाल शर्मा, रमेश ब. क्षेत्रीm बुद्ध बोहरा, शेखर खड्का, सन्दिप कँडेल र तिलक खड्का रहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend