८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

आयोगले सोध्यो तिस जनालाई स्पष्टीकरण, पोलिङ साइट बन्द


जनमञ्च संवाददाता
  • २० माघ २०८२ , मंगलबार

  • आयोगले सोध्यो तिस जनालाई स्पष्टीकरण, पोलिङ साइट बन्द

    काठमाडौं / निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनामा थप पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनमा आयोगले यसबिचमा ३० वटा स्पष्टीकरण सोधेको छ । राजनीतिक दल, उम्मेदवार र संस्थालाई सोधिएको उक्त स्पष्टीकरणमा १३ जवाफ आयोगले प्राप्त गरेको छ ।

    आयोगका अनुसार माघ १८ गतेयता थप पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार माधव सापकोटा, रास्वपाकै रुद्र गिरी, नेकपाका मङ्गल प्रजा र जनता समाजवादी पार्टी नेपालका अशोक टमानीलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

    आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई समेत स्पष्टीकरण सोधेको छ । तीन दिनभित्र जवाफ पेस गर्न सम्बन्धितलाई आयोगले पत्रमा भनेको छ । यस्तै काठमाडौँ महानगरपालिकाले सुरुवात गरेको ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको कार्यक्रममा पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

    आयोगले उक्त कार्यक्रम नयाँ हो वा यसअघि घोषित हो भन्ने स्पष्टीकरण सोधेको हो । आयोगले झापा–५ मा रास्वपाको पक्षमा सादा पोसाकका प्रहरीले मत मागेको भन्ने उजुरीमा जाँचबुझका लागि आचारसंहिता अनुगमन अधिकृतलाई आग्रह गरेको छ ।

    पोलिङ साइट बन्द

    निर्वाचनको स्वच्छतामा प्रश्न उठाउने गरी मतपरिणाम गरेको भन्दै निर्वाचन आयोगको पत्राचारमा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच वटा पोलिङ साइट बन्द गरेको छ । नेपालभित्र नखुल्ने गरी साइट बन्द गरिएको हो । रेटमाइ नेता, नेपालपोल, एक्जिट पोल नेपाललगायतका पोलिङ साइट बन्द भएका हुन् ।

    यस्तै पोलिङ साइट चलाइरहेको कान्तिपुर मिडिया ग्रुपले पनि निर्वाचन आयोग र प्रेस काउन्सिलको ध्यानाकर्षणपछि रेट डटकम इकान्तिपुर डटकम आफैँले बन्द गरेको छ । आयोगले उक्त विषयमा सोधपुछका लागि प्रेस काउन्सिललाई पत्राचार गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend