८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०८२ , शुक्रबार

  • चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

    काठमाडौं / प्रतिनिधिसभाको फागुन २१ मा हुन गइरहेको निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता खोल्ने दल र उम्मेदवारको संख्या न्यून रहेको छ ।

    प्रतिनिधिसभा चुनावमा भाग लिनेमध्ये ४ राजनीतिक दलले मात्रै चुनाव प्रचारप्रसारका लागि आर्थिक कारोबार गर्न बैंक खाता खोलेका छन् । बैंक खाता राजनीतिक दल र उम्मेदवारले अनिवार्य खोल्नुपर्ने निर्वाचन आयोगले अनिवार्य व्यवस्था गरेको थियो ।

    निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार शुक्रबारसम्म ४ राजनीतिक दल र ४ सय ५४ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । चुनाव प्रचारका लागि खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा ९संयुक्त० र राष्ट्रिय जनमोर्चा रहेको भट्टराईले जानकारी दिए ।

    निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुखसमेत रहेका सहसचिव भट्टराईले न्यून संख्यामा मात्रै राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारका लागि बैंक खाता खोलेको पाइएको बताए ।

    आयोगले आगामी निर्वाचनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२’ ल्याएर कार्यान्वयनमा लगेको छ । यो कार्यविधिले प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्च गर्नका लागि छुट्टा-छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend