८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सदरमुकाममा बजार अनुगमनः बागलुङमा ग्यासको अभाव छैन


जनमञ्च संवाददाता
  • ६ फाल्गुन २०८२ , बुधबार

  • सदरमुकाममा बजार अनुगमनः बागलुङमा ग्यासको अभाव छैन

    बागलुङ / सदरमुकाम बागलुङ बजारमा खाना पकाउने ग्यासको अभाव भएको हल्ला बाहरिए सदरमुुकाममा बजार अनुगमन गर्दा ग्यासको अभाव नभएको पाईएको छ । जिल्ला प्रशासनको नेतृत्वमा गरिएको बजार अनुगमनमा सदरमुकाम क्षेत्रका ग्यास स्टोर तथा विक्रेताहरूसँग पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको पाइएको हो ।

    जिल्ला प्रशासनको नेतृत्वमा बागलुङ नगरपालिका, उपभोक्ता मञ्च बागलुङ, उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र नेपाल पत्रकार महासंघको प्रतिनिधीले संयुक्त रुपमा बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बजारका विभिन्न ग्यास विक्रेता पसलहरुमा प्रयाप्त मात्रामा ग्यास रहेको पाईएको जिल्ला प्रशासन कार्यालयका नासु रामप्रसाद उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार बागलुङ बजार विभिन्न ग्यास विक्रेताका स्टोर तथा गोदाममा पुगेर मौज्दात अवस्था, बिक्री वितरण र मूल्यसूचीको अवस्थाबारे निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास सिलिन्डर पर्याप्त संख्यामा उपलब्ध रहेको र वितरण प्रक्रिया नियमित रुपमा चलिरहेको पाइएको उपाध्यायले बताए ।

    पछिल्ला केही दिनदेखि केही उपाभोक्ता र सामाजिक सञ्जाल माध्यमबाट ग्यास सकिन लागेको साथै आपूर्ति बन्द हुने जस्ता अपुष्ट सूचनाहरू फैलिएको कारण बजार क्षेत्रमा यसको अभाव हुन नदिनका लागि प्रशासनले अनगुमन गरेको थियो । अनुगमनका क्रममा केही उपभोक्ताले आवश्यकता भन्दा बढि खरिद गरेको समेत पाईएको उपाध्यायले जानकारी दिए ।

    अनुगमन पश्चात जिल्ला प्रशासन कार्यालयले बाहिर फिजाइएका हल्लामा विश्वास नगर्न उपभोक्तालाई आग्रह गरेको छ । ‘हाल बागलुङ बजारमा ग्यासको आपूर्ति नियमित रहेछ, सवै विक्रेताकोमा हामी अनुगमन गरिए त्यहाँ मौज्दात पर्याप्त छ’, उपाध्याय भने,– ‘एक दुई दिनमा फेरी नयाँ आउने पनि व्यवसायीले जानकारी दिएका छन । हामीले पोखराको डिपोमा फोन गरेर बागलुङका लागि ग्यासको अभाव हुन नदिन आग्रह गरेका छौँ, डिपोले पनि नियमित पठाउने सहमती जनाएको छ । अभाव हुन्छ भनेर अनावश्यक रूपमा भण्डारण गर्न आवश्यक छैन ।’

    ग्यास विक्रेताहरूले पनि आपूर्ति प्रणाली सामान्य अवस्थामा रहेको बताएका छन । भारतबाट आयात हुने एलपी ग्यास नियमित रुपमा डिपोमा आइरहेको र माग अनुसार विक्रेताकोमा आएको र वितरण भइरहेको उनीहरूको भनाइ छ ।

    जिल्ला प्रशासन कार्यालयले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा मूल्यभन्दा बढी रकम असुल गर्ने गतिविधि भेटिएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । अनुगमनलाई निरन्तरता दिइने र आवश्यक परे थप टोली खटाइने प्रशासनले जनाएको छ । अहिले बागलुङ बजारमा ग्यासको आपूर्ति तथा बिक्री वितरण कुनै समस्या नरहेको बजार अनुगमन टोलीले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend