पोखरा / सरकारले पोखराको फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने जनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा यो कुरा उल्लेख गरिएको छ ।
फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाई पुनस्र्थापना गरिने, पहिरो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलका कार्यहरू सरोकारवालाहरूको सहभागितामा तीन महिनाभित्र प्रक्रियाअघि बढाइँ जलाधार क्षेत्रको प्रभावकारी रुपमा संरक्षण गर्ने सरकारको निर्णयमा छ ।