८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो


जनमञ्च संवाददाता
  • ३१ बैशाख २०८३ , बिहिबार

  • तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

    मुस्ताङ/  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन् । बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु भरिभराउ भएका हुन् ।

    तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब ६ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिए ।

    यो पर्वका अवसरमा सुखशान्तिको कामना गर्र्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन् । साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ । तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend