९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङ उद्योग बाणिज्य संघको ६२ औं वार्षिकोत्सव सम्पन्न


जनमञ्च संवाददाता
  • १४ असार २०८३ , आइतबार

  • बागलुङ उद्योग बाणिज्य संघको ६२ औं वार्षिकोत्सव सम्पन्न
    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;

    बागलुङ/बागलुङ उद्योग बाणिज्य संघको ६२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा उत्कृष्ठ उद्यमी सम्मान, विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । साथै वार्षिक प्रगती प्रतिवेदनमा छलफल भएको छ ।

    २०२० सालमा जिल्लाकै पहिलो सामाजिक संस्थाको रुपमा स्थापना भएको संघले बागलुङको उद्योग व्यवसायको प्रवद्र्दनमा महत्वपुर्ण भूमिका समेत खेलेको बताइएको छ । सरोकारवाला र वक्ताहरुले संघको अगुवाइबाट जिल्लामा सयौं व्यवसाय र उद्योग संचालनमा आएको तथा ती संस्थाको प्रवद्र्दनमा पनि संघले भूमिका खेलेको बताएका थिए ।

    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले व्यवसाय प्रवद्र्धनकालागि राज्यको नीति व्यवसायी मैत्री बन्नुपर्ने बताए । उनले देशमै रोजगारी सिर्जना गरेका उद्योगी, व्वयसायीलाई हेर्ने दृष्टीकोण पनि सकारात्मक बन्नुपर्न धारणा राखे । कोही व्यवसायीले प्रगती गर्दैमा उ भ्रष्टाचारी छ भन्ने दोषी दृष्टीकोण राख्दा नेपालमा कतिपयले लगानी गर्न नचाहेको पनि बताए । लगानी मैत्री वातावरण, सुरक्षाको प्रत्याभुती दिन सकेमा राज्यलाई करोडौं राजश्व तिर्न तयार भएका व्यवसायीहरु पलायन नहुने उनले बताए । साथै उनले जिल्ला र नगरतहका उद्योग बाणिज्य संघलाई आधारभूत आवस्यकताका व्यवसाय र उद्योग संचालन गरेर आम नागरिकलाई सेवा दिन पनि आग्रह गरे ।

     

    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ, गण्डकी प्रदेशका अध्यक्ष नरेश कंडेल, धौलागिरि बहुमुखी क्यामपसका प्रमुख डा. सुर्दशन सिलवाल, महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठ र हिरा भट्टराई, जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धिसागर पोखरेल, नेपाल बितरक महासंघ गण्डकी प्रदेशका अध्यक्ष बद्री ढुंगाना र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा हालै सम्पन्न महिला उद्यमी संघको अधिवेसनबाट निर्वाचित अध्यक्ष पिंगला जिसीलाई सम्मान गरियो । बरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम संयोजक रहेको निर्वाचन समितिले जिसीको नाम घोषणा समेत गरेको थियो ।

    उक्त अबसरमा आर्थिक तथा खोजमुलक समाचार लेखन गरेको अबसरमा ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट नेपाल पत्रकार महासंघका कोषाध्यक्ष खेमराज गौतम सुवासलाई पुरस्कार दिइएको थियो । १३ हजार ३ सय ३३ रुपैयाँ राशीको उक्त पुरस्कार तथा सम्मान सहित दर्जनबढी उद्योगी व्यवसायी पनि सम्मानित भएका थिए । संघले स्थापना गरेको तारा मेमोरियल अवार्डबाट सुरेश प्रसाद श्रेष्ठ, सफल युवा उद्यमी तर्फ साबुन उद्योग संचालन गर्ने तारा शर्मा, लक्ष्मी स्मृति कोषबाट भैरवस्थान गुठी व्यवस्थापन समिति, बाणिज्य पुरस्कार कोषबाट धौलागिरि बहुमुखी क्यामपसको बिबिएमा उत्कृष्ठ अंक ल्याएर उत्तिर्ण भएकी सुरक्षा सापकोटा, उकृष्ण्ठ व्यवसायी लक्ष्मी श्रेष्ठ लगायतलाई पुरस्कार तथा सम्मान गरिएको हो । संघको स्थापना देखि अहिले सम्म आइपुग्दा विभिन्न स्थानमा योगदान पु¥याउने व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो । सामाजिक उत्तरदायित्व अन्र्तगत रामरेखा आधारभूत बिद्यालयलाई १ लाख नगद सहयोग पनि गरिएको थियो । अध्यक्ष राजनकुमार शाक्यले उक्त नगद बिद्यालयकी प्रधानाध्यापक सिर्जना शर्मालाई हस्तान्तरण गरे ।

    गत पुसमा संघले बागलुङ महोत्सव समेत गरेको थियो । उक्त महोत्सवको अबसरमा आयोजना गरिएका क्रियाकलापमा सहयोग गर्नेलाईपनि सम्मान गरिएको थियो । संघले आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रम, आर्थिक ऐन, करका दर तथा दायरा बारे गरिएका अन्तरक्रिया र करदाता शिक्षा कार्यक्रम, योजना कार्यशाला, राजनीतिक दलसँगको अन्तरक्रिया, तनाब व्यवस्थापन तालिम, सामाजिक उत्तरदायित्व बहन कार्यक्रम, व्यवसायीको सिप परीक्षण तथा प्रवद्र्धनात्मक कार्यक्रम र अध्ययन अबलोकन तथा सिकाइ आदानप्रदान कार्यक्रम बारेका प्रतिवेद पनि पेश गरिएको थियो । साधारणसभाले सबै काम तथा क्रियाकलापलाई अनुमोदन पनि गरेको अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षता, महासचिव इन्द्रमणी पौडेल अर्जुनको संचालन र अध्यक्ष शाक्यकै स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend