१३ मंसिर २०८३ , आइतबार

१३ मंसिर २०८३ , आइतबार
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

एकता सहकारीको २८ औं वार्षिक साधारणसभा सम्पन्न


जनमञ्च संवाददाता
  • १३ मंसिर २०८३ , आइतबार

  • एकता सहकारीको २८ औं वार्षिक साधारणसभा सम्पन्न

    बागलुङ-एकता सहकारी संस्था लिमिटेड बागलुङको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक बर्ष २०८३/०८४ मा १ अर्ब ६७ करोड ७७ लाख ४२ हजारको कारोवार गर्ने लक्ष्य राखेको छ ।
    सहकारीहरु धरासायी बनेका छन् भन्ने हल्लाका बीच एकताले आफ्नो वार्षिकोत्सव मार्फत नाफा कमाउने, शेयर सदस्य र बचतकर्ताको रकमको सुरक्षा गर्ने तथा आर्थिक बिकासमा पनि योगदान गर्ने संस्थाको रुपमा चिनाएको छ । जिल्लाकै पुरानो मध्येको सहकारी भएकोले लामो समेत देखि गरेको कामको अनुभवले सहकारीले ऋण प्रवाह, असुली र लगानीको क्षेत्रलाई बलियो बनाइ अगाडि बढेकोले आगामी दिनमा पनि अझै मजबुत भएर अगाडि बढ्ने संकल्प पनि गरेको छ ।
    यो बर्ष सहकारीले १० लाख शेयर पुजि बढाउने, १ अर्ब बचत संकलन गर्ने, ५ लाखको जगेडा तथा अन्य कोष बनाउने लक्ष्य राखेको छ । त्यस्तै कर्जा नोक्सानी व्यवस्था अन्र्तगत ३ करोडको व्यवस्थापन गरेको छ । ऋण लगानीबाट १२ करोड कमाइ गर्ने लक्ष्य राखेको सहकारीले खर्च तर्फ ऋण परिचालन समेत ९६ करोड गर्ने योजना बनाएको छ । त्यस्तै व्याजबाट ४ करोड २५ लाख कमाउने, २ करोड रुपैयाँ बिभिन्न स्थानबाट पाउनुपर्ने हिसाब समेत राखेको छ ।
    कोषाध्यक्ष लक्ष्मण प्रसाद शर्माले सार्वजनिक गरेको आयव्याय हिसाबमा जरिवाना, व्याज, प्रवेश शुल्क, संस्थागत बिकास शुल्क, घरभाडा र सेवा शुल्कबाट समेत आय गरिने बताइएको छ । गत आबमा यसरी २ करोड ९९ लाख आय हुने अनुमान छ । खर्च तर्फ प्रशासनिकमा सिमित गरी २ करोड ६४ लाख मात्रै खर्च गरिएको थियो । त्यसबाट सहकारीले झण्डै ३४ लाख ४६ हजार नाफा समेत कमाएको थियो ।
    पछिल्लो समय सहकारीहरुमा समस्या आइरहेको बेला एकताले भने नाफा कमाउने अबस्था आउनुमा निरन्तरको मेहेनतको फल भएको संस्थापक अध्यक्ष तथा नेपाल बचत तथा ऋण सहकारी संस्थकाका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्माले बताए । उनले सहकारीहरुलाई संचालक, बचतकर्ता र ऋणीले समेत आफ्नो दायित्व पुरा गरेर बचाउनुपर्ने बताए । कार्यक्रममा सहभागिले एकता सहकारीमा कर्मचारी, शेयर सदस्य र संचालकले गरेको असल अभ्यास र प्रयासले सफलतामा लगेको समेत बताए ।


    उनीहरुले सहकारीहरुलाई सबैको बनाउने, समस्या पर्दा ऋण लाने र सजिलो पर्दा सहकारीलाई बलियो बनाउने काममा सबैको साथ आवस्यक भएको पनि उनले बताए । सहकारीका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, सचिव रीता देवी शर्माको संचालन र उपाध्यक्ष रुद्रबहादुर महतको स्वागतमा सम्पन्न कार्यक्रममा संस्थापक चण्डीप्रसाद शर्मा तथा मुकुन्द शर्मा लगायतले शुभकामना मन्त्व्य राखेको प्रबन्धक दिपक राजभण्डारीले जानकारी दिए । साधारणसभाले सचिवको प्रगती प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend