२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारण सभा


जनमञ्च संवाददाता
  • २२ भाद्र २०८२ , आइतबार

  • क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारण सभा

    बागलुङ, २२ भदौ-जिल्ला क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै नगर खेलकुद विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले जिल्लामा क्रिकेट खेलको विकास र प्रचार प्रसारका लागि सबै तहबाट सहकार्य आवश्यक रहेको बताए ।
    उनले विद्यालयस्तरमै क्रिकेटलाई प्रोत्साहन गरेर मात्र सक्षम खेलाडी तयार गर्न सकिने भन्दै खेल पूर्वाधार विस्तार र अवसर प्रदानमा नगर खेलकुद विकास समितिको सक्रिय भूमिका रहने प्रतिवद्धता जनाएका थिए ।
    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले खेलाडीहरूको मेहनत र लगनलाई उचित पहिचान दिलाउन सञ्चारकर्मीहरू सधैं सकारात्मक साथमा रहने बताए । संघका सल्लाहकार विजय राज पन्तले जिल्लामा क्रिकेटलाई अझ व्यवस्थित बनाउन नेतृत्व तहमा पारदर्शिता र जिम्मेवारी महत्वपूर्ण हुने विचार व्यक्त गरेका थिए ।
    संघका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संघका उपाध्यक्ष कमल राज पन्त र सञ्चालन सदस्य अभिषेक कटवालले गरेका थिए । सो अवसरमा पूर्व खेलाडी रिम थापा र मिलन थापा, वर्ष उदयमान खेलाडी रमित कँडेल तथा वर्ष खेलाडी अश्विन थापालाई सम्मान गरिएको थियो ।
    साधारणसभाको बन्द सत्रमा कोषाध्यक्ष सन्तोष शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव फरिन्द्र बहादुर खड्काले वार्षिक प्रतिवेदन र आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend