१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

रास्वपाले माग्यो प्रधानमन्त्रीको राजीनामासँगै ‘अर्ली इलेक्सन’


जनमञ्च संवाददाता
  • २३ भाद्र २०८२ , सोमबार

  • रास्वपाले माग्यो प्रधानमन्त्रीको राजीनामासँगै ‘अर्ली इलेक्सन’

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । आज नयाँ बानेश्वरमा भएको आन्दोलनलाई दमन गरेर हिंसात्मक बनाएको आरोपसहित रास्वपाले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो ।

    पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरमा रास्वपाले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जीले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनको कडा निन्दा गर्दै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन माग गरेको छ ।’ साथै, रास्वपाले ताजा जनादेशका लागि अर्ली इलेक्सनको समेत माग गरेको छ ।

    वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा समेत माग गरेको हो । साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग समेत गरेको छ ।

    नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान सङ्घीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग रास्वपाले गरेको हो ।

    सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग समेत गरेको छ ।

    544908103_10240040735704008_6927615961012809562_n-1757336211.jpg

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend