८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
पद छाड्न ओलीलाई एमाले सचिवालयको दबाब, समग्र पार्टी पुनर्गठनको माग

घटनाको जिम्मा लिन मानेनन् ओलीले, पद त्याग पनि नगर्ने


जनमञ्च संवाददाता
  • १२ असोज २०८२ , आइतबार

  • घटनाको जिम्मा लिन मानेनन् ओलीले, पद त्याग पनि नगर्ने

    काठमाडौं / नेकपा एमालेलाई पुनर्गठन गरेर जानुपर्ने पक्षमा बहुमत सचिवालय सदस्य एकै ठाउँ उभिएका छन्। उनीहरूले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर महाधिवेशनमा जानुपर्ने धारणा राखे। जेनजी आन्दोलनकै कारण सत्ता छोड्न बाध्य भएका अध्यक्ष ओलीले आइतबार भक्तपुरको गुन्डुमा पहिलो सचिवालय बैठक राखेका थिए।

    बैठकमा अधिकांश सचिवालय सदस्यले पार्टी पुनर्गठन गरी तत्काल महाधिवेशनमा जानुपर्ने माग गरे। जेनजी आन्दोलनले एमालेलाई क्षति पुगेको भन्दै ओलीले मार्ग प्रशस्त गर्नुपर्ने उनीहरूको माग छ। तर, त्यसमा ओली र उनी पक्षका नेता सहमत भएनन्।

    ‘पार्टी नयाँ ढंगले जानुपर्छ। हिजोको तरिकाले हुन्न भनेर साथीहरूले कुरा उठाउनुभयो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘पार्टीको समग्र पुनर्गठनको कुरा भएको छ। अध्यक्ष केपी शर्माले राजीनामा दिनुपर्ने विषय पनि उठ्यो। नेतृत्वको बारेमा छलफल गरौँ भन्ने कुरा पनि भयो।’

    दिउँसो सवा २ बजेदेखि बसेको बैठक साढे ७ सम्म चलेको थियो। ‘बैठकमा नेतृत्वको बारेमा, संगठनको बारेमा र जेन–जी आन्दोलनमा घटेका, घटाइएका घटनाको बारेमा र त्यसका परिणामहरूको बारेमा र समग्रतामा छलफल गर्नुपर्छ भन्ने कुरा भयो,’ ती पदाधिकारीले थपे, ‘यिनै विषयमा छलफल गर्न १९ र २० गते सचिवालय बस्छ र २७, २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बस्छ।’

    नेताहरूका अनुसार ओलीले घटनाको जिम्मा लिन अस्वीकार गरे। बरु उनले यो घटना ठूलै योजनामा घटाइएको भन्दै अदृश्य शक्त्किो हात रहेको भने। पद त्याग गर्ने कुरा पनि उनले सम्भव नभएको संकेत गरे। त्यही भएर ठोस् निर्णय केही नभएको र फेरि सचिवालयको बैठक तय भएको उनीहरूको भनाइ छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend