८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

अर्थ मन्त्रालयले भन्यो, ‘१५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्नू’


जनमञ्च संवाददाता
  • १६ असोज २०८२ , बिहिबार

  • अर्थ मन्त्रालयले भन्यो, ‘१५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्नू’

    काठमाडौं / अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाउने भनेको छ। अर्थ मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल’ए क्स’ (ट्विटर) मार्फत् यस्तो जानकारी दिएको हो।

    विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्‍त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने सूचनामा उल्लेख छ।

    रामेश्वर खनाल अर्थमन्त्री भएर आएपछि मन्त्रालयले वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीका यस्ता नियम कार्यान्वयनमा कडाइ गरिरहेको छ।

    त्यसै क्रममा नेपाल आउने नेपाली वा विदेशी नागरिकले आफूसँग ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याएका छन् भने भन्सारमा घोषणा गर्नू भनेर अर्थले भनेको छ।

    उक्त सूचनाअनुसार ५ हजार डलर वा त्यस बराबरको रकम भने भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाइनेछ।

    स्रोत खुलेको रकम नगदमै आफ्नो अनुकूल स्थानमा सुरक्षित राख्‍न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको तर स्रोत नखुलेको रकमका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले जनाएको छ।

    प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्ने पनि अर्थले जनाएको छ।

    अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम राख्न मन्त्रिपरिषदको असोज ५ को निर्णयअनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्न पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

    कानुन बमोजिम उपलब्ध गराइएका बाहेक अन्य सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न र असोज १० गते नै गृह र रक्षा मन्त्रालयसँग पत्राचार पनि गरिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend