९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सभामुखलाई राप्रपाका ८ बुँदे सुझाव


जनमञ्च संवाददाता
  • २९ असोज २०८२ , बुधबार

  • सभामुखलाई राप्रपाका ८ बुँदे सुझाव

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले जेनजीको माग पूरा नभएसम्म संसद पुनर्स्थापना गर्न नहुने धारणा राखेको छ। सभामुख देवराज घिमिरेले डाकेको बैठकमा राप्रपाका ज्ञानेन्द्र शाहीले राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएकोले ‘जेनजीको माग’ पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद पुनर्स्थापनाको मुद्दा लिएर अघि बढ्न सभामुखलाई सुझाव दिएका हुन्।

    राप्रपाका प्रवक्ता समेत रहेका शाहीले संसदलाई निरन्तरता दिने वा पुनर्स्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको बताएका हुन्। उनले जेनजीका माग भन्दै बैठकमा ८ बुँदे संसद पुनर्स्थापनाको सर्त राखेका थिए। ती माग पूरा गर्ने प्रतिबद्धता संसदबाट नआएसम्म पुनर्स्थापनाको प्रक्रिया अघि बढाउन नहुने बताएका थिए।

    यस्ता छन् राप्रपाका सुझाव

    १. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री: राजनीतिक नेतृत्वमा बलियोपन र स्थिरता कायम गर्नका लागि वर्तमान अस्थिर संसदीय प्रणालीको सट्टामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न तत्काल राष्ट्रिय बहस थाल्नुपर्ने र संवैधानिक सुधारको पहल गरिनुपर्ने।

    २. प्रदेश संरचना खारेज: राज्यको दोहोरो खर्च बढाएको र सेवा प्रवाहमा प्रभावकारिता नल्याएको भन्दै वर्तमान प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने। संघीयतालाई केन्द्र र ‘बलियो स्थानीय तह’ मा मात्र सीमित गर्नेतर्फ अध्ययन र सहमति खोजिनुपर्ने।

    ३. गैर दलीय स्थानीय तह: स्थानीय स्तरको विकास र सेवा प्रवाहलाई दलगत राजनीतिकरणबाट मुक्त गर्नका लागि गैर दलीय (दलगत राजनीतिमुक्त) स्थानीय तहको अवधारणा लागू गरिनुपर्ने।

    ४. संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द: संवैधानिक निकायहरूको निष्पक्षता, मर्यादा र विश्वास कायम राख्न राजनीतिक प्रभावमुक्त, योग्यता र क्षमताका आधारमा मात्र नियुक्ति गर्ने प्रणाली विकास गरिनुपर्ने।

    ५. राष्ट्रिय एकता कायम गर: देशमा राष्ट्रिय एकता, सद्भावको वातावरण बनाउने।

    ६. भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानून: भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न र दोषीलाई कठोरतम कारबाही गर्न सक्ने गरी सशक्त र प्रभावकारी नयाँ कानुन तत्काल निर्माण गरिनुपर्ने।

    ७. प्रतिनिधि सभा उम्मेदवारको उमेर हद घटाउने: १८ वर्षका नागरिकले भोट हाल्ने अधिकार पाएकाले राज्यसत्ता सम्हाल्न पनि सक्षम रहेको भन्दै प्रतिनिधि सभाको उम्मेदवार बन्नका लागि तोकिएको उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष गरिनुपर्ने।

    ८. अनलाइन (Online) मतदान प्रणालीको व्यवस्था: विदेशमा रहेका करोडौं नेपाली श्रमिक, विद्यार्थी र पेशाकर्मीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनका लागि सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणालीमार्फत भोट हाल्ने व्यवस्था तत्काल मिलाइनुपर्ने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend