पोखरा/दृष्टिविहिन महिला टी२० विश्वकप २०२५ मा सहभागि हुने नेपाली महिला टोलीलाई पोखराबाट विदाइ गरिएको छ । भारत र श्रीलंकको संयुक्त आयोजनामा हुन लागेको दृष्टिविहिन महिला विश्वकप टि–२० क्रिकेट नेपाली राष्ट्रिय टोलीलाई शनिबार पोखराबाट विदाइ गरिएको हो ।
पहिलो पटक भारत र श्रीलंकाका आयोजना हुने दृष्टिविहिन महिला विश्वकप टि–२० क्रिकेट प्रतियोगिता यहि नोभेम्वर १२ (कार्तिक २६) तारिखबाट सुरू हुँदैछ । विश्वकपको तयारीमा रहेका राष्ट्रिय टोलीले कार्तिक १० गतेदेखि पोखरामा प्रशिक्षण थालेको थियो । टोली सोमबार भारतका लागि प्रस्थान गर्नेछन् ।
दृष्टिविहिन महिला विश्वकपको एक दिवशिय फम्र्याटमा हुनेछ ।
विश्वकपमा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्याण्डको सहभागिता रहेको छ । क्याब–नेपालले पहिलो पटक आयोजना हुन लागेको टि–२० विश्व दृष्टिविहीन महिला क्रिकेट विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ ।
नेपाली टिमको कप्तानी गीता पौडेलले सम्हाल्ने छिन् । टिममा विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेशी चौधरी, कान्ती डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई रहेका छन् ।
त्यस्तै पुरनसिंह खत्रीलाई प्रमुख प्रशिक्षक, नरेन्द्र निरौलालाई सहायक प्रशिक्षक र भगवती भट्टराई बराल टिम म्यानेजरका रूपमा रहेकी छन् । नेपालले आफ्नो पहिलो खेल कार्तिक २६ गते श्रीलंका विरुद्ध खेल्नेछ भने कार्तिक २८, २९ र ३० गते क्रमश भारत, इङल्याण्ड र अमेरिका संग भिड्नेछ ।