८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पाँच लाख २७ हजार बढी मतदाता थपिए


जनमञ्च संवाददाता
  • १ मंसिर २०८२ , सोमबार

  • पाँच लाख २७ हजार बढी मतदाता थपिए

    काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ संकलन भइरहेको मतदाता नामावलीमा पाँच लाखभन्दा बढी मतदाता थपिएका छन्। कात्तिक ३० गतेसम्म राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक्समार्फत् ५ लाख २७ हजार ६३७ जनाले नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। बायोमेट्रिक्स मार्फत नाम दर्ता गर्नेको संख्या उल्लेख्य भएपछि सरकारको आग्रहमा आयोगले राष्ट्रिय परिचयपत्रमार्फत् अनलाइनबाटै नाम दर्ता गराउन सक्ने व्यवस्था मिलाएको हो।

    राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जना र बायोमेट्रिक्स मार्फत ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन्। सरकारकै आग्रहमा आयोगले नाम दर्ता गराउने समय मंसिर ५ गतेसम्मका लागि थप गरेको छ। प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend