२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

मानव सेवाको योग शिविरबाट ५ हजार बढी नागरिक लाभान्वित


जनमञ्च संवाददाता
  • २ मंसिर २०८२ , मंगलबार

  • मानव सेवाको योग शिविरबाट ५ हजार बढी नागरिक लाभान्वित

    बागलुङ / मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट ५ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् । आश्रमको निर्माणधीन भवन सम्पन्न गर्न आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको अवसरमा महायज्ञ परिसरमा ७ दिनसम्म सञ्चालन गरिएको योग शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।

    महायज्ञ कात्तिक २१ गतेदेखि सुरु भएपनि योग शिविर भने कात्तिक २२ गतेदेखि सञ्चालन गरिएको थियो । पतञ्जलि योग समिति नेपालका सह केन्द्रिय प्रभारी तथा योग प्रशिक्षक ललित शंकर योगीले ७ दिनसम्म योग, ध्यान र प्रणायम गराएका थिए । योग शिविरमा बागलुङका कर्मचारी, उद्योगी, व्यवसायी, शिक्षक, राजनितिज्ञ, पत्रकार, सेना र प्रहरीको सहभागिता थियो ।

    पतञ्जलि योग समिति बागलुङका संगठन मन्त्री तथा महायज्ञ व्यवस्थापन योग उपसमितिका संयोजक अमृत कँडेलको संयोजकत्वमा शिविरको व्यवस्थापन गरिएको थियो । योग शिविर कात्तिक २२ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो ।

    मानवसेवा आश्रम बागलुङले नागरिकमा योगको जागरण ल्याउँने उद्देश्यले शिविरको सञ्चालन गरेको भन्दै योग गुरु ललित शंकर योगीले ७ दिनको शिविरले भोक जगाए पनि मेटाउन नसक्ने बताए । उनले मानव जीवनका लागि प्रत्येक दिन योग जरुरी रहेको भन्दै हरेक विहान अनिवार्य योग गर्न सबैलाई आग्रह गरे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend