८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

म्याग्दीमा थपिए २ हजार २ सय ३७ मतदाता


जनमञ्च संवाददाता
  • ६ मंसिर २०८२ , शनिबार

  • म्याग्दीमा थपिए २ हजार २ सय ३७ मतदाता

    म्याग्दी / निर्वाचन घोषणा भएपछि म्याग्दीमा २ हजार २ सय ३७ जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि शुक्रबारसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो ।

    यस अवधिमा २ हजार २३७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए । ‘आठ सय १९ जनाले कार्यालयमा आएर नाम दर्ता गराएका हुन’, उनले भने, ‘राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ४१८ जना थपिएका छन् ।’

    उनका अनुसार ८२ जनाले मतदाता नामावलीमा भएको त्रुटि सच्चाएका छन् भने १९० जनाको ठाउँसारी गरिएको छ । जिल्ला निर्वाचन अधिकारी गौतमले गत असोज ८ गते निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८४ हजार ५२० जना मतदाता थिए ।

    नयाँ दर्ता गरेका नामावलीको रुजु गरी दोहोरो परेकाहरूको नाम हटाएपछि कूल मतदाता सङ्ख्या यकिन हुने निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउनेमा युवायुवती र वैदेशिक रोजगारीबाट फर्किएकाहरू बढी रहेका उनले जानकारी दिए ।

    मालिका गाउँपालिका-४ का साजन पुनले मतदान गर्न मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले नामावली दर्ता गरेको बताए । पहिलो पटक मतदान गर्न लागेका २१ वर्षीय पुनले देशमा विद्यमान समस्या समाधान र युवाहरूको भावनाको सम्बोधन गर्ने उम्मेद्वार छनोट गर्ने धारणा राखे ।
    निर्वाचनका लागि जिल्लामा ८२ मतदानस्थल सिफारिस गरिएको छ । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend