८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मुक्तिनाथका १०८ धारामा अब प्लाष्टिक र रेनकोट ओढेर स्नान गर्न नपाइने


जनमञ्च संवाददाता
  • ७ मंसिर २०८२ , आइतबार

  • मुक्तिनाथका १०८ धारामा अब प्लाष्टिक र रेनकोट ओढेर स्नान गर्न नपाइने
    मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा प्लाष्टिक ओढेर स्नान गर्दै एक भक्तजन।

    जोमसोम / हिन्दू तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा छाता, प्लाष्टिक र रेनकोट ओढ्न र दुई कुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन रोक लगाइएको छ।

    वर्षेनी ८ लाखभन्दा बढी नेपाली, भारतीय तथा तेस्रो राष्ट्रबाट दर्शन गर्न आउने धार्मिक तथा पर्यटकले स्नान गर्ने क्रममा मर्यादा विपरीतका पोशाक र अन्य गतिविधि गर्न थालेपछि कडाइ गरिएको हो।

    मन्दिर क्षेत्रमा प्रवेश गर्ने भक्तजनलाई नियमका बारेमा जानकारी गराउने र धार्मिक परम्पराको पालना गर्न अनुरोध गरिएको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष एवम् वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए ।

    मन्दिरमा आउने भक्तजन र पर्यटकलाई सहज हुने गरी पूर्वाधार विस्तार तथा अन्य सुविधा थपिएको बताउँदै कोषाध्यक्ष गुरूङले भक्तजनलाई नियम पालना गर्न अनुरोध गरे। मन्दिर क्षेत्रमा दर्शन तथा अवलोकनका लागि स्वयंसेवकले समेत सघाउने र निगरानी गर्ने गरिएको वडा अध्यक्ष गुरूङको भनाइ छ।

    यसैबीच, समितिले सङ्कलन गरेको भेटीबाट १०८ धाराको उचाइ बढाउने भएको छ। धारामा तीर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधानका लागि समितिको वार्षिक साधारणसभामा चालु आर्थिक वर्ष २०८२/०८३ सालमा बजेट सुनिश्चित गरिएको छ। समितिले मुक्तिनाथ मन्दिर परिसर, कागबेनी, दामोदर कुण्ड क्षेत्रसहित विभिन्न स्थानमा भेटीबाट पाँच करोडभन्दा बढीको पूर्वाधार बनाउन बजेट विनियोजन गरेको छ।

    मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। संसारको जुनकुनै स्थानमा भए पनि एकपटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुने विश्वास छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend