८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बागलुङमा थपिए ५ हजार ३९३ नयाँ मतदाता


जनमञ्च संवाददाता
  • ८ मंसिर २०८२ , सोमबार

  • बागलुङमा थपिए ५ हजार ३९३ नयाँ मतदाता

    बागलुङ/ बागलुङमा ५ हजार ३९३ जना नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत १० असोजदेखि ५ मंसिरसम्म मतदाता नामावली सङ्कलन गरेको हो ।

    जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार जिल्लामा यसभन्दा अगाडि १ लाख ८९ हजार १७३ जना मतदाता थिए । बायोमेट्रिक विधिबाट कार्यालयमै आएर १ हजार ४६४ जना र राष्ट्रिय परिचयपत्रका आधारमा ३ हजार ९२९ गरी ५ हजार ३९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए ।

    १०० जनाको बाह्य दर्तासमेत गरेको रिजालले बताए । राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको निर्वाचन अधिकारी रिजालको भनाइ छ । उनले निर्वाचन कार्यालयमा नाम दर्ता गराउन युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको बताए ।

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तनलगायत काम गर्दै आएको रिजाललेको भनाइ छ ।

    उनले भने, ‘यसपाली मतदाता नामावलीमा नाम दर्ता गर्ने धेरै जसो युवाहरू हुनुहुन्छ, कतिपयले यहाँबाट नामसारी गर्नुभयो, कार्यालयमा आएर दर्ता गर्नेभन्दा राष्ट्रिय परिचयपत्रबाट अनलाइनमार्फत गर्ने संख्या बढी देखियो, अहिले अनलाइनबाट दर्ता भएका महिला र पुरुषको सङ्ख्या छुट्टाउने प्रक्रियामा छौँ ।’

    नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था छ । उमेर पुगे पनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाइ र कामको सिलसिलामा बाहिर रहेका मतदातालाई लक्षित गरेर जेन–जी समूहको मागअनुसार सरकारले ५ मंसिरसम्म मतदाता नामावली सङ्कलन गरेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend