९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पुसमा कार्यतालिका, वैशाखमा कांग्रेस महाधिवेशन !


जनमञ्च संवाददाता
  • ११ मंसिर २०८२ , बिहिबार

  • पुसमा कार्यतालिका, वैशाखमा कांग्रेस महाधिवेशन !

    काठमाडौं / नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति र मोडालिटी टुंगो लगाउन शीर्ष नेताहरू सहमतिको अन्तिम प्रयासमा जुटेका छन्। विशेष महाधिवेशनको माग र नेतृत्वको अडानबीच मध्यमार्गी बाटो खोज्दै पार्टी सभापति शेरबहादुर देउवा पुसमा कार्यतालिका ल्याएर वैशाखमा महाधिवेशन गर्न चाहेका छन्।

    विशेष महाधिवेशनको विपक्षमा उभिएका सभापति देउवाले बिहीबार पार्टीका विभिन्न तहका नेताहरूसँग गरेको छलफलमा पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न सकारात्मक संकेत दिएका हुन्।

    देउवा निकट स्रोतका अनुसार पुसमा कार्यतालिका ल्याउने र सोही अनुसार वडा तथा पालिका तहको अधिवेशन सुरु गर्ने तयारी भइरहेको छ। ‘पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिका आउँछ,’ स्रोतले भन्यो, ‘पुसमा तल्लो तहको अधिवेशन सुरु गर्दा केन्द्रीय महाधिवेशन आगामी वैशाखमा पुग्ने देखिन्छ।’

    यो मोडालिटीमा जाँदा विशेष महाधिवेशनको माग गरिरहेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षको पनि ‘फेससेभिङ’ हुने र पार्टीमा देखिएको ध्रुवीकरण कम हुने विश्वास लिइएको छ। स्रोतले भन्यो, ‘यसले पार्टी प्यालेसमा भेला गरिरहेका नेता–कार्यकर्तालाई केन्द्रीय कार्यालयमा फर्किने बाटो बनाउनेछ।’

    यसअघि महामन्त्रीद्वय सहितको इतर पक्षले दबाब बढाएपछि संस्थापन पक्षले बहुमतकै आधारमा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनपछि मात्र महाधिवेशन गर्ने कार्यतालिका ल्याउने तयारी गरेको थियो।

    तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले कुनै पनि निर्णय सहमतिका आधारमा गर्नुपर्ने अडान राखेका थिए। असोज २८ देखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारका लागि बोलाइएको छ। बैठकअघि नै महाधिवेशनको मितिमा ठोस सहमति जुटाउन शीर्ष नेताहरू बिहीबार रातिसम्म आन्तरिक छलफलमा व्यस्त रहे।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend